प्रतिनिधिसभा र राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम टेबुल
प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२∕८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको आज (१९ वैशाख)को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभयो ।
यसैगरी, राष्ट्रियसभामा पनि सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रधानमन्त्रीबाट टेबुल भएको छ ।
प्रतिनिधिसभाको बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख देवराज घिमिरेले राख्नुभएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राख्नुभएको धन्यवादको प्रस्तावलाई पनि सभाले सहमति जनाएको थियो ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ-
प्रतिक्रिया