अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानाडाका कार्नी उच्चस्तरीय बैठकका लागि तयार

अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानाडाका कार्नी उच्चस्तरीय बैठकका लागि तयार


क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिको भन्सार शुल्क र संयुक्त राज्य अमेरिकाको उत्तरी छिमेकीलाई विलय गर्ने धम्की विरूद्ध उभिने प्रतिज्ञामा पुनः चुनाव जितेपछि पहिलो पटक मङ्गलबार डोनाल्ड ट्रम्पलाई भेट्दैछन् ।

साठ्ठी वर्षीय लिबरल पार्टीका नेताले ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा सबै कुरा उस्तै हुन नसक्ने बताएका छन् र ह्वाइट हाउसमा हुने बैठकबाट कुनै पनि तत्काल सम्झौताको अपेक्षा नगर्न चेतावनी दिएका छन् ।

आफ्नो मुख्य सहयोगी र व्यापारिक साझेदारका रूपमा लिने क्यानाडासँग ट्रम्पले ठूलो व्यापार युद्ध सुरु गरेका छन् भने क्यानाडालाई ५१औँ अमेरिकी राज्य बन्न बारम्बार असाधारण आह्वान गर्दै आएका छन् ।

रिपब्लिकन ट्रम्पले गत हप्ता कुरा गरेपछि कार्नीलाई ‘धेरै राम्रो सज्जन’ भनेका थिए, तर सोमबार कार्नीले के कुरा गर्न चाहन्थे भन्ने ‘निश्चित नभएको’ बताए ।

‘उहाँ मलाई भेट्न आउँदै हुनुहुन्छ । मलाई पक्का थाहा छैन कि उहाँले मलाई के विषयमा भेट्न चाहनुहुन्छ, तर मलाई लाग्छ उहाँले सम्झौता गर्न चाहनुहुन्छ । सबैले चाहन्छन्’, ट्रम्पले ओभल अफिसमा पत्रकारहरूलाई भने ।

ट्रम्पले कार्नीलाई बिहान ११ः३० बजे (१५३० जिएमटी) लन्च र त्यसपछि ओभल अफिसमा बैठक गरेर स्वागत गर्ने तयारी गरिएको छ ।

ट्रम्पले क्यानाडा र मेक्सिकोमा २५ प्रतिशतको सामान्य भन्सार शुल्क र अटोमा क्षेत्र-विशिष्ट लेभीहरू लगाएका छन् । तीमध्ये केही वार्ताको प्रतीक्षामा निलम्बित गरिएका छन् । उनले स्टिल र एल्युमिनियममा पनि यस्तै भन्सार शुल्क लगाएका छन् ।

कार्नीले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो राजनीतिक र आर्थिक परिवर्तन हुनसक्ने संयुक्त राज्य अमेरिकासँग क्यानाडाको सम्बन्धलाई पुनः निर्माण गर्ने वाचा गरेका छन् ।

‘निरन्तर बढ्दो एकीकरणमा आधारित हाम्रो पुरानो सम्बन्ध समाप्त भएको छ । अब हाम्रा राष्ट्रहरूले भविष्यमा कसरी सहयोग गर्नेछन् भन्ने प्रश्न छ’, कार्नीले भने ।

क्यानाडाली प्रधानमन्त्रीले भन्सार शुल्कमा ‘सर्वोत्तम सम्झौता प्राप्त गर्न लड्ने’ पनि बताए । तर ट्रम्पका अति-वफादार वाणिज्यमन्त्री हावर्ड लुटनिकले सम्झौतामा पुग्न ‘साँच्चै जटिल’ हुने बताए ।

‘उनीहरूसँग उनीहरूको समाजवादी शासन छ र यसले मूलतः अमेरिकालाई पोषण दिइरहेको छ’, उनले सोमबार फक्स बिजनेसलाई भने, ‘यो कसरी पूर्ण रूपमा काम गर्छ भन्ने म देख्दिनँ ।’