पूर्वी कङ्गोमा बाढीका कारण १०० भन्दा बढीको मृत्यु

पूर्वी कङ्गोमा बाढीका कारण १०० भन्दा बढीको मृत्यु


प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रातको समयमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको मृत्यु भएको छ । मुसलधारे वर्षाका कारण गत बिहीबार-शुक्रबार राति सुद किवु प्रान्तको कसाबा गाउँमा आएको बाढीले भौतिक संरचनाका साथै व्यापक मानवीय क्षति पुगेको क्षेत्रीय अधिकारी बर्नार्ड अकिलीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

मुसलधारे वर्षाका कारण कासाबा नदीको किनारबाट रातिको समयमा वरपरका खाली ठाउँमा रहेका ढुङ्गा, ठूला रूख र माटो बगाएर खोलामा ताल बनेको र सोही तालको किनारामा रहेका घरहरू भत्किएका छन् ।

मृत्यु हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेका छन् भने विपतका कारण एक सयभन्दा बढीको मृत्यु भएको, २८ जना घाइते भएका र करिब १५० घर भत्किएका छन् ।

क्षेत्रीय प्रशासक सामी कालोन्जीले बाढीका कारण कम्तीमा १०४ जनाको मृत्यु भएको र व्यापक भौतिक क्षति भएको बताएका छन् भने अर्का एक स्थानीय बासिन्दाले शनिबारसम्ममा ११९ जनाको शव फेला परेको जनाएका एएफपीले रिपोर्ट गरेको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गाका विशेष गरी पूर्वमा ठूला तालहरूको किनारमा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार हुने गरेका छन् ।

सन् २०२३ मा दक्षिण किवु प्रान्तको किवु तालको किनारमा रहेका विभिन्न समुदायका करिब ४०० जनाको बाढीका कारण मृत्यु