सूर्यास्त !

सूर्यास्त !


नेपाल आमाको भार हर्न
नेपाल आमाको ऋण तिर्न
धरतीमा उज्यालो छर्न,
अन्धकारमा रुमलिएका
गाउँबस्ती, पाखा-पखेरा
र कुना-कन्दराहरुमा
प्रणका साथ उज्यालो छर्न,
समयको गर्भले
नेपाल राज्यको गोगनेमा
नयाँ सूर्य कोरलेको थियो
एउटा नयाँ सूर्य उदाएको थियो
जो भर्खरै अस्तायो
बाग्मती किनारमा ।

(साहित्यकार प्रदीप नेपालप्रति समर्पित)