प्रधानन्यायाधीश राउतद्वारा नवनियुक्त गभर्नरमा डा. पौडेललाई शपथ

प्रधानन्यायाधीश राउतद्वारा नवनियुक्त गभर्नरमा डा. पौडेललाई शपथ


नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा आज (७ जेठ) आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा. पौडेललाई शपथ ग्रहण गराउनुभएको हो ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।