प्रहरी परिसरको गेटबाट उम्किएका थुनुवा असनबाट पक्राउ

प्रहरी परिसरको गेटबाट उम्किएका थुनुवा असनबाट पक्राउ


बुधबार (७ जेठ) म्याद थप गरेर ल्याउने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट भागेका एक थुनुवालाई प्रहरीले असनबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार दोलखाको बैदेश्वर गाउँपालिका-१२ घर भइ काठमाडौं महानगरपालिका-२४ नरदेवी बस्ने वर्ष २४ का निशान परियार फरार हुनेक्रममा पक्राउ परेका हुन् । रहेका छन् ।

अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी ल्याउने क्रममा उनी बुधबार १२ः२१ बजेको समयमा जिल्ला प्रहरी परिसर, काठमाडौंको गेटनजिकबाट भागेका थिए । खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-२४ असनको याट्खा टोलबाट बुधबार साँझ १८ः१८ बजे लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । थुनुवा फरार भएको बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

गत वैशाख ३१ गते परियारलाई काठमाडौं महानगरपालिका-१५ चमतीबाट पक्राउ गरी अभद्र व्यवहार कसुरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकामा म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौ लगिएको थियो ।