जापानका नवनियुक्त कृषिमन्त्रीद्वारा चामलको मूल्य आधा घटाउने घोषणा

जापानका नवनियुक्त कृषिमन्त्रीद्वारा चामलको मूल्य आधा घटाउने घोषणा


  • विशेष सम्वाददाता, टोकियो (जापान)

लगातार चामलको मूल्य आकाशिँदा मारमा परेका जनतालाई राहत दिने घोषणासहित जापानका नवनियुक्त कृषिमन्त्रीले एक महिनाभित्रमा चामलको मूल्यमा करिव आधा घटाउने प्रतिबद्धता जनाएका छन् ।

चामलबारेकै विवादास्पद अभिव्यक्तिपछि तत्कालिन कृषिमन्त्रीको राजिनामापश्चात नियुक्त गरिएका कृषि, वन तथा मत्स्यपालन मन्त्री कोइजुमीले चामल आपूर्ति तथा मूल्य व्यवस्थापनमा उल्लेख्य सुधार गरिने बताएका हुन् ।

सरकारले स्वेच्छाचारी सम्झौताअन्तर्गत भण्डारण गरिएको चामल बेच्न सोमबार (मे २६) प्रक्रिया सुरु गर्ने योजना बनाएको छ । मार्चदेखि, जापानले उच्चतम बोली लगाउनेहरूलाई यस्तो चामल बेच्न लिलामी आयोजना गरेको छ।

कोइजुमीले टोकियोमा पत्रकारहरूलाई सरकारले ३००,००० टन भण्डारण गरिएको चामल जारी गर्ने र माग उत्पन्न भएमा रकम बढाउने जानकारी गराएका छन् । सम्झौताअन्तर्गत बेचिएको चामल जुनको सुरुमै उपभोक्ताहरूसम्म पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले सम्झौताअन्तर्गत प्रति ६० किलोग्राम लगभग १०,००० येनमा भण्डारण गरिएको चामल बेच्ने लक्ष्य राखेको छ, जसअनुसार प्रति ५ किलो चामलको मूल्य करिव २ हजार जापानी येन पर्नेछ ।