काठमाडौंको तीनकुनेमा गत चैत १५ गते राजसंस्थाका पक्षधरहरुले गरेको प्रदर्शनमा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ जनामाथि काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन गत बिहीबार बुझाएको थियो । शुक्रबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिए पनि समय अभावका कारण देखाउँदै आइतबार (११ जेठ) उक्त घटनाको मुद्दा दर्ता गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको जानकारी दिँदै कसुरका आधारमा उनीहरुलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका फरकफरक र संयुक्त मुद्दा चलाइएको बताए ।
उक्त प्रकरणमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, राप्रपाका महामन्त्री धवलशमशेर जबरालगायत प्रतिवादी छन् । बालबालिकाको हकमा भने बालअदालतमा मुद्दा चलाइने जनाइएको छ ।
प्रतिक्रिया