परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (१५ जेठ) हङकङ पुगेकी छन् । जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थताका लागि अन्तरराष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति हङकङ प्रस्थान गरेकी हुन् ।
मन्त्री डा. राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिएअनुसार जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा भोलि ‘मे ३०’ मा हस्ताक्षर समारोह हुँदैछ । सो समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन लागेको हो ।
मन्त्री राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय एवं हङकङस्थित नेपाली महावाणिज्य दूतावासका वरिष्ठ अधिकारीसम्मिलित प्रतिनिधिमण्डलको समारोहमा सहभागिता रहनेछ भने मन्त्री राणा आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
file photo
प्रतिक्रिया