सबै दलहरुबीच नवीनतम सम्झौता आवश्यक : राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)का अध्यक्ष कमल थापाले सर्वदलीय सहमतिको आधारमा देशमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा बिहीबार (१५ जेठ) आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुलुकको केही राजनीतिक दलका सत्तास्वार्थका कारण देशको राष्ट्रियता कमजोर बन्न पुगेकाले राष्ट्रवादी शक्ति स्थापित गर्न आफूहरुले समान विचारधारा भएका दल वा समूहहरूसँग सहकार्य गरेको बताए ।
पार्टीले उठाउँदै आएका मुद्दा स्थापित गर्न संयुक्त जनआन्दोलन परिचालन समितिसँग सहकार्य र समन्वय भएको उनले उल्लेख गरे ।
सो अवसरमाा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले जनताको मुक्ति तथा सर्वाङ्गिण विकासको निमित्त सबै दलहरुबीच नवीनतम सम्झौता आवश्यक भएकामा जोड दिए । सभा सुरु हुनुअघि विभिन्न क्षेत्रबाट आएका र्याली सभास्थलमा सहभागी भएको थियो । र्यालीले शहरका विभिन्न स्थान परिक्रमा गरेका थिए ।
प्रतिक्रिया