(राजदरबार हत्याकाण्ड सन्दर्भ विशेष )
राजा वीरेन्द्र आफ्नो छोरा दीपेन्द्र खुङ्खार निसानेबाज बनोस् भन्ने चाहन्थे र कैयन जटिल प्रकृतिका शिकार गर्नुपर्दा दीपेन्द्रलाई नै मौका दिने गर्दथे । एकपटक गोकर्णको वनबाट निस्किएर गाइको सिकार गर्ने बाघलाई रातको समयमा गोली चलाउने जिम्मेवारी राजा वीरेन्द्रको इच्छामा सेनाले दीपेन्द्रलाई दिएको थियो र रातको समयमा लुकेर गोली चलाउँदा पनि दीपेन्द्र निशाना लगाउन सफल भएका थिए ।
✍ देवप्रकाश त्रिपाठी
नेपालको इतिहासमा सबैभन्दा विष्मयकारी रातका रूपमा विक्रम सम्वत २०५८ जेठ १९ गते शुक्रबारको रातलाई लिइन्छ । त्यसो त भण्डारखाल र कोतपर्वका रातलाई पनि विष्मयकारी नमानिने होइन । तर, क्षतिका दृष्टिले जेठ १९ लाई नै सर्वाधिक दुःखद किन ठानिएको छ भने त्यस घटनामा तत्कालीन राजा-रानीसहित परिवारका सबै सदस्यले ज्यान गुमाएका थिए ।
नारायणहिटी राजदरबार जसलाई देशको सबैभन्दा सूरक्षित केन्द्र मानिन्थ्यो । दरबार बाहिर जुनसुकै स्तरको सूरक्षा खतरा रहने मानिएपनि भित्र ‘काल’बाहेक बाँकी सबैतिरबाट सूरक्षित रहेको विश्वास गरिन्थ्यो । तथापि, नारायणहिटी दरबारभित्र हत्याको घटना पहिलो भने थिएन । नारायणहिटी दरबारका मालिकसमेत रहेका तत्कालीन श्री ३ महाराज एवम् प्रधानमन्त्री रणोदीप सिंहको पनि सोही दरबारमा हत्या भएको थियो र त्यसबेला पनि बाहिरबाट कोही दरबार प्रवेश गरेर उनको हत्या गरिएको थिएन । रणोदीपको आफ्नै भतिज वीर शमशेर लगायतले उनको हत्या गरेर राज्यसत्ता आफूमा निहित गरेका थिए । त्यसयता भने नारायणहिटीलाई सूरक्षित स्थान मानिदै आएको हो ।
राजा महेन्द्र सूरक्षाको मामिलामा विशेष सचेत रहेको तथ्यहरूले दर्शाउँछ । उनी परिवारकै सदस्यहरूमाथि पनि भरोसा गर्दैनथे शायद ! त्यसैले राजपरिवारका सदस्यहरूले दिनमा हात हतियार आफूसँग राखेपनि साँझ ६ बजेभित्र कोतमा दाखिला गराइसक्नुपर्ने नियम राजा महेन्द्रले बनाएका थिए र त्यसको पालनामा कुनै सम्झौता हुने थिएन, सबैले हतियार कोतमा राखिसकेपछि ताल्चा लगाएर राजा आफैले साँचो (चाबी) लिने गर्दथे । वि.सं. २०२८ मा वीरेन्द्र राजा भएपछि मात्र कोतमा हतियार बुझाउने परम्परा तोडिएको थियो, इच्छा हुने हरेक सदस्यले आफैसँग हतियार राख्न थालेका थिए । यसरी हतियार आफूसँग राख्न थालिएपनि २०५८ सालसम्म कसैको हत्या दरबारभित्र भएको जानकारी छैन ।
कहिलेकाहीँ तत्कालीन युवराज दीपेन्द्रले बिरालो र रातमा बास बसेका चराचुरुङ्गीलाई निसाना बनाएर गोली चलाउने र गोलीको निसाना लाग्दा औधी प्रशन्न हुने गरेको जानकारी भने दरबारसम्बद्ध हरेकलाई थियो । राजा वीरेन्द्र आफ्नो छोरा दीपेन्द्र खुङ्खार निसानेबाज बनोस् भन्ने चाहन्थे र कैयन जटिल प्रकृतिका शिकार गर्नुपर्दा दीपेन्द्रलाई नै मौका दिने गर्दथे । एकपटक गोकर्णको वनबाट निस्किएर गाइको सिकार गर्ने बाघलाई रातको समयमा गोली चलाउने जिम्मेवारी राजा वीरेन्द्रको इच्छामा सेनाले दीपेन्द्रलाई दिएको थियो र रातको समयमा लुकेर गोली चलाउँदा पनि दीपेन्द्र निशाना लगाउन सफल भएका थिए । दुवै हातमा दुई हतियार एकैपटक चलाएर निशाना लगाउन सक्ने अद्भूत क्षमता थियो दीपेन्द्रमा । उनी हातहतियारका विषयमा सानै उमेरदेखि रुचि लिने गर्दथे र निकै जानकारी पनि राख्दथे । त्यसताका नेपाली सेनाले हातहतियार खरिद गर्नुपरेमा प्राप्त नमूनाहरू उपलब्ध गराएर दीपेन्द्रलाई नै जाँचबुझ गर्न लगाइन्थ्यो ।
२०५८ जेठ २७ गते कालधाराका मदनकी छोरीसँग अधिराजकुमार निराजनको विवाहको कुरा टुङ्ग्याइँदैछ भन्ने सूचना दीपेन्द्रले पाएपछि उनी नराम्रोसँग झस्किए । आफ्ना पिता राजाले पहिले भाइको विवाह गराउने, जेष्ठ सन्तान (युवराज) पैदा गराएर भाइ निराजनलाई राजपाठ सुम्पिने र आफ्नो पदवी (श्री ५ को) धीरेन्द्रको झैँ खोस्ने भन्ने कुरा जुन दीपेन्द्रले सुन्दै आएका थिए, निराजनको विवाहको कुरा टुङ्ग्याउन लागेको थाहा पाएपछि दीपेन्द्र जीउँदै मर्ने या राजा बन्न जोखिमपूर्ण बाटो तय गर्ने भन्ने निष्कर्षमा पुगे ।
जेठ १९ गतेको हत्याकाण्ड दीपेन्द्रबाट भएको भन्ने विश्वास गर्न आज पनि धेरैले सकिरहेका छैनन् । खासगरी राजदरबारभित्र गुम्सिएका तथ्यबारे कुनै जानकारी नभएका र दीपेन्द्रलाई अत्यन्तै असल ब्यक्तिका रूपमा आफ्नो मनमा सजाउनेहरू दीपेन्द्रबाट त्यति वीभत्स घटना भएको पत्याउन कदापि तयार छैनन् । तर घटनाको तथ्य बहुमत या अल्पमतले निर्धारण नगर्ने हुँदा उक्त घटनाबारे एउटा जिम्मेवार नागरिक तथा पेसागत दायित्वका कारणले पनि स्पष्ट गर्नुपर्ने ठानिएको छ ।
दरबार हत्याकाण्डलाई जस्ताको त्यस्तै बुझ्न चाहनेहरूले त्यसबेला राजदरबार भित्र युवराज दीपेन्द्र र राजारानीबीच उत्पन्न असमझदारीलाई बुझ्नुपर्ने हुन्छ । दीपेन्द्रको विवाह आफ्नो अङ्गरक्षक रहेका प्रदीपकी छोरीसँग होस् भन्ने चाहना मुमा बडामहारानी रत्नको थियो र दुई (किशोर-किशोरी) बीच बाल्यकालदेखि नै प्रेम पनि थियो । प्रदीपकी छोरीको नाम दीपेन्द्रले आफ्नो छातीमा खोपाउनुले उनीहरूबीच गहिरो प्रेम रहेको दर्शाउँथ्यो । तर रानी ऐश्वर्य रत्नको मानिस (प्रदीप)को छोरीलाई बुहारी बनाएर भित्र्याउने पक्षमा थिइनन् । ऐश्वर्यले बारम्बार दीपेन्द्रलाई यसतर्फ सचेत गराउँदै ‘बिना हैसियतको नोकर जस्तै मानिसको छोरीलाई बुहारी बनाएर भित्र्याउन नसकिने’ धारणा प्रकट गरिरहेकी हुन्थिन् । दीपेन्द्र आफ्नी आमाको ब्यवहारबाट अत्यन्तै दुःखी र क्रुद्ध बनेका थिए । समयक्रममा दीपेन्द्रको पशुपति शमशेरकी एक छोरीसँग पनि प्रेम सम्बन्ध भयो, तर केही गम्भीर प्रकृतिको जटिलताहरूका कारण पशुपतिकी छोरीलाई पनि बुहारीको रूपमा स्वीकार गर्न पूरै अस्वीकार गरिन् ऐश्वर्यले ।
दीपेन्द्र आफूले चाहेको नारीसँग विवाह गर्न अनुमति नपाएका कारण राजारानीसँग क्रुद्ध बन्दै गएका थिए भने राजारानीचाहिँ दीपेन्द्रको ब्यवहारका कारण उनीप्रति रुष्ट थिए ! लामो समयदेखि दीपेन्द्रको विवाह दरबारमा बिबाद र झमेलाको विषय बन्दै आएको थियो । पशुपतिकी छोरी स्वीकार्य नहुने चार कारण थिए भने मुमा बडामहारानीका अङ्गरक्षक प्रदिपकी छोरीलाई पनि दरबारमा भित्र्याउन रानी ऐश्वर्य नचाहने, तर यी दुई बाहेक अन्यसँग विवाह गर्न नखोज्ने भएपछि दीपेन्द्रको विवाह नारायणहिटीका निम्ति एउटा ठूलो समस्या बनेको थियो । त्यस्तैमा एकदिन पारिवारिक दीवाभोजको बेला बहिनी श्रुतिले पशुपतिकी छोरीको नाम लिएर ‘यदि उसलाई भित्र्याउने हो भने त म माइती भनेर पनि आउँदिन’ भनिदिएपछि दीपेन्द्रले पति गोरख शमशेरकै अघिल्तिर श्रुतिको चुल्ठोमा समातेर भुइँमा पछारी घिसार्दै पटक-पटक लात्तीले प्रहार गरेका थिए । त्यसपछि धेरै नै चित्त दुखाएर गोरख र श्रुति भोज छोडेर बाहिरिएका थिए । अर्कोपट्टि बसेर गफिँदै खाना खाइरहेका राजा वीरेन्द्रले उक्त घटनाबारे जानकारी पाउनेबित्तिकै ‘यस्तो मानिस राजा हुन सक्दैन’ भनी टिप्पणी गरेका थिए । रानी ऐश्वर्यले त दीपेन्द्रसँग विवाद पर्ने बित्तिकै ‘तँ राजा हुन पाउँदैनस, भाइ बन्छ राजा’ भनेर तर्साउने गर्दथिन् ।
एउटा राजाको परिवार नै सकिएपछि शङ्का पैदा गरेर जिउँदो राजा (ज्ञानेन्द्र)को बदनाम गर्ने र गणतन्त्रको पृष्ठभूमि तयार गर्ने कपटी सोचको प्रभावमा परेका असन्तुलित दिमागहरू दीपेन्द्रबाट हत्याकाण्ड भएको हुँदै होइन भन्ने प्रचार गर्दैछन् । वास्तवमा घटनाका पीडित र प्रत्यक्षदर्शीहरू एक जनाले पनि दीपेन्द्र हत्यारा होइन भनेका छैनन् ।
२०५८ जेठ २७ गते कालधाराका मदनकी छोरीसँग अधिराजकुमार निराजनको विवाहको कुरा टुङ्ग्याइँदैछ भन्ने सूचना दीपेन्द्रले पाएपछि उनी नराम्रोसँग झस्किए । आफ्ना पिता राजाले पहिले भाइको विवाह गराउने, जेष्ठ सन्तान (युवराज) पैदा गराएर भाइ निराजनलाई राजपाठ सुम्पिने र आफ्नो पदवी (श्री ५ को) धीरेन्द्रको झैँ खोस्ने भन्ने कुरा जुन दीपेन्द्रले सुन्दै आएका थिए, निराजनको विवाहको कुरा टुङ्ग्याउन लागेको थाहा पाएपछि दीपेन्द्र जीउँदै मर्ने या राजा बन्न जोखिमपूर्ण बाटो तय गर्ने भन्ने निष्कर्षमा पुगे । राजा मर्नेबित्तिकै स्वतः राजा बन्ने परम्परागत ब्यवस्थालाई अप्राकृतिक ढङ्गले सम्पन्न गर्ने, राजा भएपछि विवाह लगायत सबै कुराको छिनोफानो हुने सम्भवत दीपेन्द्रको ठहर भयो । त्यसैले जेठ २७ अगाडि नै राजालाई सिध्याउने योजना उनले बनाएको बुझ्न सकिन्छ । जेठ १९ गते दरबारको घरकाज सचिव विश्वविक्रम शाहकी छोरीको विवाह थियो र त्यससाँझ राजारानी विश्व विक्रमको घरमा सवारी हुने कार्यक्रम बनिसकेको थियो । तर दीपेन्द्रले १९ गते शुक्रबार आफ्नो तर्फबाट पारिवारिक भोजको आयोजना हुने जानकारी गराउँदै राजारानीलाई बाहिर जाने कार्यक्रम रद्द गर्न दबाब दिए ।
दीपेन्द्रको दबाबका सामु राजारानीको केही चलेन, त्यसपछि विश्वविक्रमलाई फोन गरेर रानी ऐश्वर्यले आफू विवाहमा आउन नसक्ने जानकारी गराएकी थिइन् । रानीको कुराले विश्वविक्रमलाई अत्यन्तै चित्त दुःखायो, जिन्दगीभरी मौसुफहरूकै सेवामा समर्पित भइयो, इज्जतका निम्ति पनि छोरीको विवाहमा मौसुफहरू सवारी होइबक्सनै पर्छ भनेर विश्वले जिद्दी गरेपछि ऐश्वर्यले निकै भावुक हुँदै भनेकी थिइन्- ‘बुबा, हजूर चित्त नदुखाइबक्स्योस्, अहिले दीपेन्द्र अचानक परिवर्तन हुन खोजेजस्तो देखिँदैछ । उसले १९ गतेको भोजमा हुनैपर्छ भनेर बारम्बार आग्रह गरिरहेको छ । उसले अब हामीसँग सम्बन्ध सुधार गर्न खोजेजस्तो लाग्यो, यदि सुध्रन खोजेको हो भने ठीकै होला भनेर हामी भोजमा रहने वचन मैले उसलाई दिइसकेको छु । छोरी-ज्वाइँलाई अर्कै दिन हामी आएर शुभकामना दिउँला, बुबाले हाम्रो समस्या बुझिबक्सन पऱ्यो ।’ ऐश्वर्यको कुरा सुनेपछि विश्वविक्रमले हवस्, जो हुकुम भनेर फोन राखेका थिए ।
यो लेखकसँग विश्वविक्रमले भनेका थिए- ‘फोनमा बडामहारानी सरकार खुब रोइबक्स्यो, मेरो पनि आँखाबाट आँसु झरे, दीपेन्द्रसँग बिग्रेको सम्बन्ध सुध्रन्छ भने किन जिद्दी गर्नु भनेर हुन्छ भनिदिएँ, तर उसले त मार्ने योजना बनाएर पो भोजको आयोजना गरेको रहेछ !’
दरबार हत्याकाण्डका घाइते, पीडित, प्रत्यक्षदर्शी र साक्षी कसैले पनि दीपेन्द्र बाहेक हत्यामा अरु कसैको संलग्नता नरहेको बारम्बार बताइरहेछन् । शोभा शाहीले त आफू अस्पतालबाट डिस्चार्ज भएर आउनेबित्तिकै घरमा भएको दीपेन्द्रका तस्बिर तथा अन्य सम्बद्ध सामाग्रीहरू निकालेर फोहोर फाल्ने कन्टेनरमा हालिदिएकी थिइन् ।
राजाको सवारी हुने स्थानमा सबै आमन्त्रितहरू राजा पुग्नुअगाडि नै पुगिसकेको हुनुपर्ने र राजा नबाहिरिएसम्म कसैले पनि ठाउँ छोडेर बाहिरिन नपाउने परम्परागत ब्यवस्था थियो । जेठ १९ गते शुक्रबारको भोजमा राति आठ बजेपछि राजा पुगेका थिए, त्यसबेलासम्म दीपेन्द्रले केही पेग मदिरा सेवन गरिकन मातिएको अभिनय गर्न थालिसकेको देखिन्छ । मातेको अभिनय किन गर्नुप¥यो भने दीपेन्द्रलाई हतियार लिन कोतमा जानु थियो, मातिएको देखेपछि बाहिरिनका लागि राजाको आदेश हुनसक्ने विश्वास दीपेन्द्रमा थियो । नभन्दै राजाबाट दीपेन्द्रलाई उनकै सयन कक्षमा पुऱ्याएर आराम गराउन हुकुम भयो । हुकुम भएपछि पारस शाह र राजीव शाही लगायतका ब्यक्ति मिलेर दीपेन्द्रलाई उनको शयन कक्षमा पुऱ्याइएको थियो । त्यसबेला पारशले दीपेन्द्रको कम्मरमा झुण्ड्याइएको पेस्तोल झिकेर राखिदिन खोज्दा दीपेन्द्रले मानेका थिएनन् । (पारश र राजीवलाई अहिले पनि सोध्न सकिन्छ ।)
ओछ्यानमा पुऱ्याइएको केही बेरपछि पृथुलाधीशको औपचारिक पोसाकमा सजिएर दुवै काँधमा अत्याधुनिक हतियार झुण्ड्याउँदै त्रिभुवन सदनमा दीपेन्द्रको प्रवेश भयो । सुरुमा दुई गोली सिलिङमा हानेपछि दीपेन्द्र राजा वीरेन्द्रको नजिकै पुगे र दनादन राजालाई गोली हाने । त्यसपछि त्यहाँ हाहाकार र रुवाबासी भयो, सबै वीरेन्द्र भएको ठाउँमा पुगे । सेतो कमिजबाट रगतको भुल्का बाहिर निस्कँदै थियो । उपस्थित सबै स्तब्ध र अन्यौलमा परेका थिए । राजाको मुखबाट ‘मेरो पेटमा पनि गोली लागेको छ’ या यस्तै केही आवाज निस्कियो । राजाको यो आवाज त्रिभुवन सदनबाट बाहिरिँदै गरेका दीपेन्द्रको कानमा ठोक्कियो, त्यसपछि दीपेन्द्र फरक्कै फर्किएर त्रिभुवन सदनभित्र पुनः प्रवेश गरे । यो देखेपछि अधिराजकुमार धीरेन्द्रले दुवै हात फैलाएर ‘भयो बाबा भयो, अब तिम्रो इच्छा पूरा भयो, केही नगर’ भन्दै बाटो छेक्न खोजेपछि दीपेन्द्रले धीरेन्द्रमाथि गोली चलाएर ढाले ! जो छेक्न आउँछन् तिनलाई ढाल्दै गए दीपेन्द्र, भाग्नेहरूलाई उनले छोडिदिए । गोरख र श्रुतिलाई मात्र खोज्दै खोज्दै गएर दीपेन्द्रले गोली हानेका थिए । गोली लागेका पति महाराजले आँखा चिम्लिएपछि रानी ऐश्वर्य ‘कि म मर्छु कि तलाई पनि मार्छु’ भन्दै कोततर्फ दौडिइन् । दीपेन्द्र आमालाई रोक्न खोज्दै भऱ्याङसम्म पुगे, बाटो छेक्न खोजे ! तर नरोकिएपछि एकहातले चुल्ठोमा पक्रिएर अर्को हातले आमाको अनुहारमै गोली हाने दीपेन्द्रले । भाइ निराजन ‘दादा, आमालाई नमार’ भन्दै भऱ्याङसम्म पुगेका थिए, आमालाई ठहरै पारेपछि उनले भाइमाथि पनि गोली वर्षाए ! निराजनको शरीरमा सबैभन्दा धेरै गोली लागेको थियो ।
विश्वले जिद्दी गरेपछि ऐश्वर्यले निकै भावुक हुँदै भनेकी थिइन्- ‘बुबा, हजूर चित्त नदुखाइबक्स्योस्, अहिले दीपेन्द्र अचानक परिवर्तन हुन खोजेजस्तो देखिँदैछ । उसले १९ गतेको भोजमा हुनैपर्छ भनेर बारम्बार आग्रह गरिरहेको छ । उसले अब हामीसँग सम्बन्ध सुधार गर्न खोजेजस्तो लाग्यो, यदि सुध्रन खोजेको हो भने ठीकै होला भनेर हामी भोजमा रहने वचन मैले उसलाई दिइसकेको छु ।
दीपेन्द्रले सोचेका थिए होलान् कि ‘टक्क राजालाई मार्छु, र म स्वतः राजा बन्नेछु, त्यसपछि मेरो आदेश सबैले मान्नुपर्ने हुन्छ, एउटा कसैलाई दोषी ठहर गरेर राजा भइ बस्छु ।’ त्यसैले दीपेन्द्र पृथुलाधीशको औपचारिक पोसाकमा सजिएर त्रिभूवन सदनमा प्रवेश गरेका थिए । तर घटनामा ट्वीस्ट आइदियो, आमा, भाइ र काकालगायत मारिएपछि उनमा स्वभाविक ग्लानी भाव पैदा भएको हुनुपर्छ, यस्तै प्रकृतिको घटनामा अन्य अपराधिले पनि अन्त्यमा आत्महत्याको बाटो रोजेका हुन्छन्, दीपेन्द्रले पनि अन्ततः आत्महत्या नै रोजे । गोली लागेर पनि बाँच्न सफल बडा महारानी कोमल, अधिराजकुमारी शोभा र ज्वाइँ गोरख शरीरमा दीपेन्द्रले आफ्नै आँखा अघिल्तिरबाट हानेको गोली लिएर अझै बाँचिरहेछन् । दरबार हत्याकाण्डका घाइते, पीडित, प्रत्यक्षदर्शी र साक्षी कसैले पनि दीपेन्द्र बाहेक हत्यामा अरु कसैको संलग्नता नरहेको बारम्बार बताइरहेछन् । शोभा शाहीले त आफू अस्पतालबाट डिस्चार्ज भएर आउने बित्तिकै घरमा भएको दीपेन्द्रका तस्बिर तथा अन्य सम्बद्ध सामाग्रीहरू निकालेर फोहोर फाल्ने कण्टेनरमा हालिदिएकी थिइन् ।
दरबार हत्याकाण्ड भयङ्कर डरलाग्दो, स्तब्धकारी र अत्यन्तै अपत्यारिलो भएपनि त्यो रहस्यमयी घटना भने होइन । दीपेन्द्रले बाबुलाई मारेर आफू राजा बन्ने कुत्सित योजनाअनुसार अघि बढ्दा भएको प्रलयङ्कारी घटना हो दरबार हत्याकाण्ड ! तर एकथरी मानिस पीडित, प्रत्यक्षदर्शी र साक्षीका कुरा नसुनेर अन्तै कतै बुनिएका कथा सुनाउन तल्लीन छन् । एउटा राजाको परिवार नै सकिएपछि शङ्का पैदा गरेर जिउँदो राजा (ज्ञानेन्द्र)को बदनाम गर्ने र गणतन्त्रको पृष्ठभूमि तयार गर्ने कपटी सोचको प्रभावमा परेका असन्तुलित दिमागहरू दीपेन्द्रबाट हत्याकाण्ड भएको हुँदै होइन भन्ने प्रचार गर्दैछन् । वास्तवमा घटनाका पीडित र प्रत्यक्षदर्शीहरू एक जनाले पनि दीपेन्द्र हत्यारा होइन भनेका छैनन् । घर बसिबसी आफैले अनुमान गरेर बोल्नेहरू तथा राजतन्त्रविरूद्ध उभिएका विदेशी कपटीहरूद्वारा परिचालित तत्कालीन माओवादीका मुख्य नेताहरूले राजा ज्ञानेन्द्र र पारसको बदनाम गर्न हत्याकाण्डमा दीपेन्द्रको भूमिका नरहेको भनी जोडतोडले प्रचार गर्दैछन् । देख्नेको र भोग्नेको कुरा नपत्याउने नेपाली जनता माओवादी (राज्यद्वारा घोषित तत्कालीन आतङ्ककारी)का कुरा पत्याएर ताली बजाउँदैछन् !
राजा महेन्द्र सूरक्षाको मामिलामा विशेष सचेत रहेको तथ्यहरूले दर्शाउँछ । उनी परिवारकै सदस्यहरूमाथि पनि भरोसा गर्दैनथे शायद ! त्यसैले राजपरिवारका सदस्यहरूले दिनमा हात हतियार आफूसँग राखेपनि साँझ ६ बजेभित्र कोतमा दाखिला गराइसक्नुपर्ने नियम राजा महेन्द्रले बनाएका थिए र त्यसको पालनामा कुनै सम्झौता हुने थिएन, सबैले हतियार कोतमा राखिसकेपछि ताल्चा लगाएर राजा आफैले साँचो (चाबी) लिने गर्दथे । वि.सं. २०२८ मा वीरेन्द्र राजा भएपछि मात्र कोतमा हतियार बुझाउने परम्परा तोडिएको थियो ।
कतिपयलाई लागेको छ कि त्यत्रो सैन्य घेराभित्र कसरी राजा मारिन सक्छन् !? वास्तवमा सूरक्षाकर्मीहरू रहनका निम्ति दरबारभित्र निश्चित ठाउँ छुट्ट्याइएको हुन्छ । उनीहरू भोजस्थलको (घर) बाहिर पनि जान नपाउने ब्यवस्था थियो । सुरुमा गोलीको आवाज सुन्दा दीपेन्द्रले सदा झैँ काग या बिरालोलाई गोली दागेको ठाने मुमा बडामहारानीसहित बाहिर रहनेहरूले । पछि ठूलो चिच्याहटसहितको आवाज आएपछि सूरक्षाकर्मीसहित सबै त्रिभूवन सदन पुगे, तर त्यसबेला नहुनुपर्ने सबै भइसकेको थियो !
यस घटनामा विदेशीहरू कतै संलग्न छन् भने त्यो अहिलेसम्म अनुमानकै मात्र कुरा हो । उनीहरूको संलग्नता यदि थियो भनेपनि त्यो दीपेन्द्रमै सीमित हुनुपर्छ । हतियार, नगद र कार्ययोजना दिनु नपर्ने, राजा भएपछि तिमीलाई हाम्रो पूर्ण साथ र समर्थन रहनेछ भनेर विश्वास दिलाए पुग्ने भएकोले यदी विदेशीको षड्यन्त्र थियो भनेपनि त्यतिमै सीमित थियो । यस कुराको जानकारी भए पशुपतिकी छोरीलाई हुनुपर्छ । घटना र विचारले त्यसबेला (२०५८ जेठ) तत्काल पशुपतिपुत्रीलाई गिरफ्तार गरेर बयान लिनुपर्छ भनेर लेखेको पनि हो । तर त्यतिखेर यसतर्फ कसैको ध्यान गएन, अब परिस्थिति फेरिएको छ, सायद तिनी विवाह गरेर विदेशी नागरिक बनिसकेकी छिन्, अब पक्राउ गर्न पनि विदेशको अनुमति लिनुपर्ने हुन्छ ।
हामी नेपाली हरेक घटनालाई आफैले रहस्यमयी बनाएर चर्चा गर्न मन पराउँछौँ ! सत्य पत्ता लगाउने भन्दा उडन्ते कुराको बसमा पर्ने प्रवृत्ति भएकैले परायाशक्तिले हामीभित्र खेल्ने मौका पाइरहेका छन् ! त्यसैले सत्य खोजौँ, सत्य बुझौँ, असत्यको विजय भइरहने परिस्थितिको अन्त्य गरौँ, जय मातृभूमि !!
प्रतिक्रिया