नेपाली जनप्रगतिशिल मंच बेल्जियमको १३औँ अधिवेशन बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको छ । बेनेलक्सको लागि राजदुत सेवा लम्सालको प्रमुख अतिथ्यतामा आइतबार (१ जुन) सम्पन्न अधिवेशनमा एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, बेल्जियमस्थित विभिन्न राजनितिक, वैचारिक तथा सामाजिक सङठनका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।
उक्त अधिवेशनलाई सफल बनाउन युरोपका विभिन्न मुलुकबाट समेत मञ्चका प्रतिनिधिहरु उपस्थित भएका थिए ।

मञ्चका तात्कालिक अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनले मनिष गुरुङको अध्यक्षतामा आगामी दुई वर्षको लागि कार्यसमिति चयन गरेको छ । जसअनुशार उपाध्यक्ष त्रय क्रमशः भीम सुवेदी, सावित्रा भारती र रुपेश श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै, महासचिवमा सुशीला खतिवडा र सचिवमा क्रमशः दिलिप कुमार हमाल, रमेश दाहाल र तेज अर्याल रहेका छन् । कोषाध्यक्षमा जितकुमारी कुँवर रहनुका साथै सदस्यहरुमा सीता दाहाल, लक्ष्मी सुवेदी, नारायण भुर्तेल, चित्रकुमारी खतिवडा, वीरेन्द्र लामा, हिमाल बुढा, वीरजन बुढामगर र तारा बुढामगर रहेका छन्।

प्रतिक्रिया