Crompton ‘नयाँ वर्ष को ठूलो हर्ष’ अभियानअन्तर्गत मासिक लक्की ड्र सम्पन्न

Crompton ‘नयाँ वर्ष को ठूलो हर्ष’ अभियानअन्तर्गत मासिक लक्की ड्र सम्पन्न


CG Electronics द्वारा सञ्चालन गरिएको Crompton ‘नयाँ वर्षको ठूलो हर्ष‘ नामक उपभोक्ता क्याम्पेन अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रम ११ जेठ २०८२ मा Crompton को आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो, जसमा देशभरबाट सहभागी भएका उपभोक्ताहरूको विवरण समावेश गरिएको थियो।

यस महिनाको लक्की ड्रबाट श्रीमती रूपा अकोलिया विजेता घोषित भएकी छन् । उहाँले Crompton ब्राण्डको उत्पादन चौधरी समूह अन्तर्गतको आधिकारिक डिलरमार्फत खरिद गरी, QR कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गर्नुभएको थियो। त्यसपछि कम्प्युटराइज्ड र्यान्डम प्रणालीबाट गरिएको ड्रमा उहाँ Midea 10 केजी Washing Machine जित्न सफल हुनुभएको हो।

Crompton Greaves Consumer Electricals Limited ८५ वर्षभन्दा बढीको इतिहास बोकेको, भारतकै नम्बर १ पंखा ब्रान्ड हो। यसले घरायसी प्रयोगका लागि पंखा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर, इन्डक्सन र अन्य धेरै उपकरणहरू उत्पादन गर्दै आएको छ। टिकाउ, उर्जासक्षम र प्रयोगमैत्री डिजाइन Crompton का प्रमुख विशेषता हुन्।

CG Electronics, चौधरी समूह अन्तर्गतको प्रमुख उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो। यसले नेपालभर आफ्नो शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत Crompton लगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरू वितरण गर्दै आएको छ।