कामनपा नगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी

कामनपा नगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई निमित्त प्रमुखको जिम्मेवारी


काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।

पाण्डे निलम्बनमा परेसँगै कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत विष्णु जोशीलाई नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । जोशीले आफूलाई अर्को निर्णय नहुँदासम्म प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिएका छन् ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेसँग स्पष्टीकरण मागेका थिए ।