नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित


नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डितका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) किरण पण्डित तोकिएका छन् ।

आज (२१ जेठ) देखि लागू हुने गरी प्रवक्ता तोकिएका पण्डित वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको बेंकले जनाएको छ । हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।

प्रवक्ता पण्डितलाई कार्यालयको नम्बर ०१-५७१९६४१/४२/४३/४४ (एक्सटेन्सन नम्बरः १३४०) र मोबाइल नम्बर ९७६७९८३२३२ मा सम्पर्क गर्न सकिने गभर्नरको कार्यालयले जनाएको छ ।