डाँकाको एक समूहले सप्तरीको सुरुङगा नगरपालिका-८ स्थित एक घरमा लुटपाट गर्नुका साथै एक जनाको हत्यासमेत गरेको छ ।
बिहीबार राति डाँकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।
डाँकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका बताइएको छ ।
चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको छ भने डाँकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया