सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल-चीन सिमानाको सीमास्तम्भ पुरिएको छ ।
अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला-१ किमाथाङ्का नाकानजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिएका छन् । बाढीले नेपाल–चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो ।
भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा यही जेठ १८ गते आएको बाढीले सीमास्तम्भ बगाएको हो । बताइएअनुसार बाढीले ७१ नम्बरको सीमास्तम्भ पुरिएर हराएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी किमाथाङ्काबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ ।
प्रतिक्रिया