अमेरिकाबाट निष्कासनमा परेका सैंतिस नेपालीको नेपाल अवतरण

अमेरिकाबाट निष्कासनमा परेका सैंतिस नेपालीको नेपाल अवतरण


  • घटना र विचार सम्वाददाता

अमेरिकी अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको कसुरमा दोषी ठहर भएपछि अमेरिकाबाट निष्कासनमा परेका ३७ जना नेपाली नागरिकहरु आइतबार (२५ जेठ) साँझ २०ः३० बजे नेपाल आइपुगेका छन् ।

अमेरिकाबाट डिपोर्ट भइ ओम्नी एयर इन्टरनेसनलको N 486 AX चार्टर्ड उडानबाट बंगलादेशको ढाका हुँदै उनीहरुको काठमाडौं आगमन भएको हो । नेपाल फिर्ता हुनेमा ३२ जना पुरुष र पाँच जना महिला रहेका छन् ।

दोस्रो कार्यकालको लागि डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर पदभार सम्हालेपछि अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको छ भने त्यसयता अमेरिकाबाट १४० जना नेपाली डिपोर्टमा परिसकेका छन् ।

यो हेर्नुहोस्-