अमेरिकाको मिनेसोटामा डेमोक्र्याटिक सांसदको गोली हानी हत्या

अमेरिकाको मिनेसोटामा डेमोक्र्याटिक सांसदको गोली हानी हत्या


अमेरिकाको मिनेसोटा राज्यमा शनिबार (जुन १४) बिहान एक बन्दुकधारीले डेमोक्र्याटिक पार्टीका दुई सांसदमाथि गोली चलाउँदा एक सांसदको मृत्यु भएको छ भने एक सांसद्सहित अन्य एक जना घाइते भएका छन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोधमा हजारौं मानिस सडकमा उत्रने तयारी गरिरहेका बेला संयुक्त राज्य अमेरिकामा गहिरो राजनीतिक विभाजनको समयमा गोली हानाहान भएको हो ।

संदिग्ध आक्रमणकारी अझै फरार रहेको र व्यापक खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र महान्यायाधिवक्ता पाम बोन्डीले ’भयानक हिंसा’ को निन्दा गर्दै दोषीलाई ‘कानूनको पूर्ण दायरामा’ ल्याउन मुद्दा चलाइने बताएका छन् ।

राज्यका पूर्व सभामुख मेलिसा होर्टम्यान र उनका पति मार्कको मिनियापोलिस नजिकैको आफ्नै घरमा आक्रमण भएको गभर्नर टिम वाल्जले पत्रकार सम्मेलनमा जानकारी दिए । ‘यो लक्षित राजनीतिक हिंसाको कार्य हो’, वाल्जले पत्रकारसँग भने- ‘शान्तिपूर्ण बहस हाम्रो लोकतन्त्रको जग हो । हामी हिंसा वा बन्दूकको नालबाट हाम्रा मतभेदहरूको समाधान गर्दैनौं ।’

मिनेसोटा अपराध नियन्त्रण विभागका सुपरिटेन्डेन्ट ड्रू इभान्सका अनुसार हफम्यान र उनकी श्रीमतीलाई पहिले गोली हानिएको थियो र प्रहरीले अनुसन्धान गर्दा होर्टम्यान र उनका पतिलाई करिब ९० मिनेटपछि गोली हानिएको थियो ।

गत जनवरीमा ट्रम्प ह्वाइटहाउस फर्केपछि संयुक्त राज्य अमेरिकी समुदाय गहिरोरूपमा विभाजित भएका छन् । रिपब्लीकन राष्ट्रपतिले आफ्नो कठोर निर्वासन नीति, विश्वविद्यालय र मिडियामाथिको आक्रमण र कार्यकारी शक्तिको सीमाको उल्लङ्घन गरेको भन्दै डेमोक्र्याटिकको आलोचना गरेका छन् ।