समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधन

समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधन


नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन भएको छ ।

शहीद स्मृति प्रतिष्ठानका संरक्षक तथा संस्थापक अध्यक्षसमेत रहनुभएका वरिष्ठ समाजवादी चिन्तक शास्त्रीको उपचारका क्रममा आज (२ असार) बिहान काठमाडों मेडिकल कलेज (सिनामंगल)मा निधन भएको हो ।

निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित स्वर्गीय शास्त्रीले कांग्रेस राजनीतिमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतसँग निकटमा रहेर काम गर्नुभएको थियो ।