इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको बताएपछि मङ्गलबार (२४ जुन) तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।
इजराइल र यसको कट्टर शत्रु इरानबीच १२दिने युद्धपछि ऊर्जा बजारको झट्काको डर कम भएको छ ।
मङ्गलबार बिहान करिब ०६५० जिएमटीमा ब्रेन्ट पाँच दशमलव दुई प्रतिशतले घटेर प्रतिब्यारेल ६७ दशमलव ७५ डलरमा झरेको थियो भने मुख्य अमेरिकी कच्चा तेल सम्झौता डब्लुटिआई प्रतिब्यारेल पाँच दशमलव चार प्रतिशतले घटेर ६५ दशमलव ०१ डलर भएको थियो ।
‘द्वन्द्वको सम्भावित अन्त्यलाई बजार सहभागीहरूले स्वागत गरेका छन्’, एमयुएफजीका ली हार्डम्यानले लेखेका छन् । उनले ब्रेन्टले ‘द्वन्द्व सुरु भएदेखि नै सबै लाभहरू लगभग पूर्ण रूपमा उल्ट्याएको’ बताए ।
‘अमेरिकी डलरले हालैको लाभ फिर्ता दिएर एफएक्स बजारमा पनि यस्तै परिवर्तन भइरहेको छ । यदि मध्यपूर्वको जोखिम अब बजार चालकका रूपमा पृष्ठभूमिमा मिसिएको छ भने अमेरिकी डलरको कमजोर प्रवृत्ति फेरि सुरु हुने सम्भावना बढी छ’, उनले भने ।
इरानले रणनीतिक स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानीलाई रोकेर आफ्नो आणविक सुविधाहरूमा सप्ताहन्तमा अमेरिकी आक्रमणको बदला लिनसक्ने सम्भावनामा सोमबार बिहान कच्चा तेलको मूल्यमा केही समयका लागि वृद्धि भएको थियो ।
तर इरानले कतारको प्रमुख अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार गरेको र तेलक्षेत्रको सम्पत्ति अप्रभावित रहेको बताएपछि तिनीहरू सात प्रतिशतसम्म तल झरेको थियो ।
प्रतिक्रिया