अनेसासको छैटौँ सम्मेलनको भब्य उद्घाटन

अनेसासको छैटौँ सम्मेलनको भब्य उद्घाटन


  • विशेष प्रतिनिधि, युरोप

बेल्जियमको डाइमण्ड शहरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को छैटौँ सम्मेलनको उद्घाटन गरिएको छ । प्रमुख अतिथिका रुपमा निम्त्याइनुभएकी बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले पानसमा बत्ति बालेर सोमबार (२३ जुन) सम्मेलनको उद्घाटन गर्नुभएको हो ।

नेपाली राष्ट्रिय गीतबाट अघि बढेको समूद्घाटन सत्रमा अनेसास केन्द्रका उपाध्यक्ष डिल्ली अम्माईले संसारभरिका करिव तेह्र देशका साठी भन्दा बाढी शाखाबाट आउनुभएका अतिथि तथा पाहुनाहरुलाई आसन ग्रहण गराउनुभयो भने भब्य उद्घाटन समारोहलाई अन्तराष्ट्रिय सम्मेलनका संयोजक सौरभ कारंजित र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेले साथ दिनुभएको थियो ।

आसन ग्रहणपछि अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमका महासचिव तथा समालोचक गोपाल दाहालले सम्पूर्ण उद्घाटन सत्रको संचालन गर्नुभयो । अनेसासका केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा चलेको उक्त सत्रमा अनेसास बोर्ड अफ ट्रष्टी (बिओटी)का सभापति पदम विश्वकर्माको विशिष्ट उपस्थिति थियो । उद्घाटन सत्रमा एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, विशिष्ट अभियन्ताहरु प्राध्यापक डा. हेमराज शर्मा, लोक दाहाल, गंगाधर गौतम, फणिन्द्र पन्त, प्रा. डिपी शर्मा मैनाली, पुष्प बरुवाल, चित्र सुवेदी, बिष्णु भुजेल, मदन दवाडी, भीम सुवेदी, दीपक न्यौपाने, गोविन्द भट्ट, विनोद न्यौपाने, विनोद बानिया, मुना राई, यामु निरौला, रविन्द्रमान श्रेष्ठ, रजनी प्रधान लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभयो ।

अनेसासको सांगठानिक विशेष उपस्थितिमा अनेसासका केन्द्रिय निवर्तमान अध्यक्ष तथा वरिष्ठ साहित्यकार गोबर्धन पूजा, वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, उपाध्यक्षद्वय डिल्लीराम अम्माई र सुदिपभद्र खनाल, सांस्कृतिक समितिका संयोजक महेश्वर पन्त, बाल समितिका संयोजक सुरेन उप्रेती, बिओटी सचिव नारायण अधिकारी र कोषाध्यक्ष नेत्रबन्धु पोख्रेल, संसारभरिका अनेसास नेतृत्व तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

उक्त अनुष्ठानको उद्घाटनमा उपस्थित सबैलाई अनेसास केन्द्रको तर्फबाट वरिष्ठ साहित्यकार तथा वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले शुभकामना मन्तब्य दिनुभयो भने विभिन्न देशबाट बेल्जियम आएका पाहुनाहरुलाई ‘अतिथि देवो भव’ भन्दै अनेसास बेल्जियमका उपाध्यक्ष लोकनाथ शर्माले मन्तब्यमार्फत स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा अनेसास बेल्जियम तथा युरोपका सल्लाहकार कवि ब्रह्मदत्त वाग्लेले बेल्जियममा नेपाली भाषा साहित्यको विकासमा अनेसासले खेलेको भूमिका, नेपाली भाषा स्कुलहरुको अवस्था र अनेसास बेल्जियम बिकासक्रमबारे टिप्पणी-मन्तब्य दिनुभयो ।

त्यसलगत्तै साहित्यकार तथा अनेसास युरोपका सह-संयोजक पंचम अधिकारीले अनलाइन हाजिर जवाफ प्रतियोगिता संचालन गरे । उक्त प्रतियोगितामा प्रथम हुनेलाई एक सय युरो डलर पुरस्कार राखिएको थियो भने दोश्रो पुरस्कार अनेसास बेल्जियमले प्रकाशित गरेको ‘युरोपका कविताहरु’ नामक कविता संग्रहको किताव र कथाकार पंचम अधिकारी आँफैद्वारा प्रकाशित ‘प्रवाशीको देश हुन्न’ नामक कथा संग्रह रहेको थियो।

प्राश्नोत्तरमा प्रथम पुरस्कारको प्रायोजन बिओटी सभापति पदम विश्वकर्माले प्रायोजन गरेका थिए । हाजीर जवाफ प्रतियोगीतामा बोष्टनबाट गोबर्धन पुजा प्रथम भएका थिए भने दोश्रो हुनेमा क्यानाडामा बस्ने साहित्यकार सुरेन उप्रेती थिए।

कार्यक्रमको तेश्रो चरणमा विभिन्न कविहरुले कविता बाचन गरे भने अनेसास युरोपका सल्लाहकार गायक खड्क न्यौपाने, गजल गायक महेश्वर पन्त र अनेसास पोल्याण्डका अध्यक्ष सुसन बर्देवा, प्रसिद्ध गजल गायक हरिमाया अधिकारी, अनेसास पोर्तुगलका अध्यक्ष एनबी अन्जान लगायतले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।

स्मरण रहोस्, सम्मेलनको उद्घाटन सत्रमा संसारभरिबाट आएका अनेसासका प्रतिनिधिहरुलाई अनेसास फ्रान्सका प्रशान्त उप्रेतीले साहित्य पोष्टले प्रायोजन गरेको अनेसासको लोगो र नाराअंकित अल्लोको झोला वितरण गरेका थिए ।