आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असार २०८२ सोमबार, ७ जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असार २०८२ सोमबार, ७ जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थिनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ २३ गते तद्अनुसार सन् २०२५ जुलाई ७ तारिख सोमबार आषाढ शुक्ल पक्षको द्वादशी तिथि अनुराधा नक्षत्र शुभ योग बव करण आनन्दादिमा मानस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ ।

आजको राशिफल

मेष – ब्यस्तताका साथ काममा जोखिम बढेपनि कठोर मिहिनेतले काम बन्ने समय छ । लगनशीलताले ठूलो काम बन्न सक्ने देखिन्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने एवम् पैत्रिक सम्पत्तिमा विवाद आउने योग छ । मातापिताका बारेमा चिन्ता बढ्ला । विश्वासपात्रले धोका दिनेछन् । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

वृष – सोचेभन्दा बढी नै लाभ हुने र शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । उद्योग– व्यापारमा विशेष फाइदा हुनेछ । साझेदारी काममा विशेष लाभ मिल्ला । भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अधुरा कामले पनि पूर्णता पाउला । रमाइलो यात्राको योग छ । प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । यात्रापरक काम बन्नाले मन उत्साहित होला ।

मिथुन – बौद्धिकता र रचनात्मकताले समस्याको समाधान प्राप्त हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । विगतको कामबाट भने लाभ हुनेछ । सामाजिक क्षेत्रमा अग्रसर हुने योग छ । वाहन र दाम्पत्यजीवन रमाइलो रहनेछ । आम्दानी बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । स्वास्थ्य सबल रहला ।

कर्कट – अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने समय छ । मौकाको फाइदा उठाउन नसकिएला । व्यावसायिक काममा खर्च बढ्नेछ । आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । विगतका कामको उचित प्रतिफल प्राप्त हुने योग छ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन बाध्यतापूर्ण काममा समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । विगतका निर्णयको गलत परिणाम आउनसक्छ, तर समस्यामै परिने सम्भावना भने देखिन्न । मान्यजनको सुझावप्रति विश्वास नलाग्ला । प्रलोभन देखाउनेहरूको प्रभावमा पर्दा नियमित खर्च वृद्धि हुन सक्छ । आरोग्यबल बढ्नेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।

कन्या – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । समस्यामा मातापिताको सहयोग प्राप्त होला । कतै अतिथिको रुपमा सम्मान मिल्ने योग छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरू जुट्नाले पराक्रम वृद्धि र उत्साह थपिनेछ । विपरीतलिंगीको सहयोगबाट महत्वपूर्ण काम बन्ने देखिन्छ ।

तुला – अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नाले लक्ष्यमा पुग्न सकिनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा विशेष फाइदा मिल्ने योग छ । प्रतिष्ठा आर्जनको योग छ । आरोग्यबल वृद्धि र यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहला ।

वृश्चिक – आजको दिन केही प्रतिकुल अनुभूति हुन सक्छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि खासै साथ नदेलान् । फाल्तु भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने सम्भावना छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहने योग छ । जिम्मेवारी भने बढिरहनेछ् । सुख सुविधाको वस्तु खरिदमा खर्च बढ्न सक्छ ।

धनु – बिनाप्रतिस्पर्धा फाइदा मिल्ने समय छ । धन आर्जनको अवसर जुर्ला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । तर, आफ्नै कमजोरीले विवादमा परिने योग छ, बोली र व्यवहारमा सजगता अपनाउनुहोला । सद्विचारबाट अभिप्रेरित हुनेहरूको यश–वर्चश्व बढ्नेछ । सहयोगीहरूले साथ र हौसला दिनेछन् । कर्मबल बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मकर – मिश्रित फलदायी समय छ । कुनै नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्यांकन हुनुका साथै पारिवारिक आवश्यकता पूर्ति हुने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख पाइने योग छ । परिवारजनबाट टाढिनुपर्ला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्ने र समस्य थपिने सम्भावना छ, ध्यान राख्नुहोला । व्यापार–व्यवसायबाट भने विशेष लाभ लिन सकिनेछ । समय छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – इमानदार प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न गाह्रो पर्ने समय छ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले समेत सताउने योग छ । पठनपाठनमा त्यति समय दिन नसकिएला । इर्ष्यालुजनले आलोचना गर्न सक्छन् । खर्चवृद्धिले मन पिरोल्न सक्छ । निरर्थक भेटघाटमा अलमलिनाले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । तथा,ि नियमकानूनले साथ दिनाले आफ्नो दायित्व निर्वाह गर्नुहुनेछ ।

मीन – सोच्दै नसोचेको काम सम्पादन हुने समय भएपनि आजको दिन विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना छ । महत्वपूर्ण कार्यमा रोकावट र मान-सम्मानमा आघात पुग्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मित्रजनको सहयोगबाट मुस्किलले बन्नेछन् । फजुल खर्च वृद्धि हुनसक्छ, नियन्त्रणको प्रयास गर्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।