आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असार २०८२ मंगलबार, ८ जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असार २०८२ मंगलबार, ८ जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ ने.सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ २४ गते तद्अनुसार सन् २०२५ जुलाई ८ तारिख मंगलबार आषाढ शुक्ल पक्षको त्रयोदशी तिथि ज्येष्ठा नक्षत्र शुक्ल योग कौलव करण आनन्दादिमा मुद्गर योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ । प्रदोषव्रत ।

आजको राशिफल

मेष – कठोर मिहिनेतले जस्तोसुकै काम बन्ने समय छ । अरुको मन जित्न सजिलै सकिने छ भने धन आर्जनको अवसर मिल्ने देखिन्छ । आम्दानी बढ्ने तथा उठ्नुपर्ने रकम हातलागी हुने योग छ । कृषि तथा पशुधनबाट पनि लाभ नै होला । तर नियमित कार्यमा रुचि घट्नेछ र मनमा खराब विचारहरुले डेरा जमाउन सक्छन् । आफन्तजनको साथले पारिवारिक समस्याको समाधान मिल्नेछ ।

वृष – असल उद्देश्यका लागि काम गर्ने वातावरण सिर्जना हुने दिन छ । बोली–व्यवहारको कदर हुनुका साथै तपाईंका कामको अरुबाट उच्च मूल्याङ्कन हुने देखिन्छ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । दीनदुःखीलाई दिएको सहयोगका कारण रोकिएको काम बन्ने योग छ । आम्दानी हुने क्षेत्रमा धन लगानी गर्ने अवसर जुर्ने सम्भावना छ । यात्रामा सफलता र मिठो भोजन प्राप्त हुनेछ । व्यवहार निर्वाहमा अनुकूलता वृद्धि हुनेछ ।

मिथुन – कर्मबल वृद्धिका साथै मित्रजनको सहयोग प्राप्त हुने समय छ । मनोकुलताले सुख बढाउला । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाबीच मिलन हुने योग छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पुरस्कार र प्रशंसा जस्ता कुरामा वृद्धि हुनेछ भने रोकिएका कामहरु बन्नेछन् । सन्तान पक्षबाट सुख मिल्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – आजको दिन विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना रहेकोले सजगतापूर्वक आफ्नै बलबुतामा कार्य गर्नु उचित हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा पनि नोक्सानीको योग छ, थप लगानी हालका लागि स्थगन गर्नु हितकर हुनेछ । कर्मचारी वर्गले अपजस ब्यहोर्नुपर्ने सम्भावना प्रवल छ । यात्रागत कार्यबाट कष्टमात्र हुनसक्छ, यात्रा नगरेकै बेश होला । बौद्धिक काममा आंशिक सफलता मिल्नेछ । आफन्तजनको साथ प्राप्त होला ।

सिंह – आजको समय केही चुनौतीयुक्त रहला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ भने माता–पिताको स्वास्थ्यमा केही कमजोरी आउने देखिन्छ । सभा–सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । तर अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । चोटपटकको योग पनि छ, सजगता अपनाउनुहोला । बौद्धिकता तथा रचनात्मकता वृद्धिका कारण शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुने समय छ । नसोचेका कामहरु बन्न सक्छन् । पठनपाठनमा प्रगति होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट विशेष सहयोग मिल्ने देखिन्छ । धन आर्जनको मौका जुर्ने योग छ । नियमित कार्यमा राम्रै सफलता मिल्नेछ । आजको दिन खर्च भने केही वृद्धि हुन सक्छ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

तुला – पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने समय छ । व्यवसायबाट राम्रै फाइदा उठाउने मौका जुर्ला । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइने योग छ । प्रतिस्पर्धीहरूले हार खानेछन् । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । आरोग्यबलका साथै यश–वर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ । समग्रमा समय मनोरञ्जनपूर्ण रहनेछ ।

वृश्चिक – सानातिना काम र घरेलु समस्यामा केन्द्रित रहनुपर्ने समय छ । महत्वपूर्ण काममा बाधा–अडचन आउन सक्छ । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने सम्भावना छ, ख्याल राख्नुहोला । बौद्धिक तथा सृजनात्मक कार्यमा भने सफलता मिल्नेछ । स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपानमा सजग रहनुहोला । रोकिएको काम कठोर मिहिनेतले बन्नेछ । यात्रागत कार्य सार्थक रहनेछ ।

धनु – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जाला । पारिवारिक सुख मिल्नुका साथै दाम्पत्य जीवनमा सुखदानुभूति हुने देखिन्छ । आम्दानी बढ्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । साथीसंगीको सहयोग प्राप्त हुनेछ । मान महत्व वृद्धि र कार्यगति बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

मकर – प्रतिभाको कदर भइ सामाजिक प्रतिष्ठा आर्जन हुने दिन छ । काममा मातापिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्ने देखिन्छ । नियमित व्यवसाय तथा व्यापारमा लाभ हुनेछ । धर्मकर्ममा रुचि बढ्नेछ भने खेलकुद तथा कलाकारिता क्षेत्रमा भएकाहरुको लागि समय उत्साहप्रद देखिन्छ । मिठो भोजन प्राप्त होला । आयबल बढ्नेछ भने सुख–सुविधाका बस्तु प्राप्त हुने योग छ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कुम्भ – कर्मबल वृद्धि र धर्मकर्ममा आकर्षण बढ्ने समय छ । सुख सुविधाको वस्तुसँगै सुख–विलास पनि बढ्नेछ । आफन्तको साथ मिल्नेछ भने लेखन–प्रकाशनसित सम्बन्धित काममा सफलता प्राप्त होला । सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । रमाइलो यात्राको योग छ । तथापि, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा कुरा काट्नेहरू सक्रिय रहन सक्छन् ।

मीन – दिन खासै उत्साहजनक नरहला । आलस्य र थकानको अनुभव हुनुका साथै मानसिक तनावको अवस्था सिर्जना हुनसक्छ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न रहला । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्ने योग छ । पारिवारिक खर्च क मगर्न अतिरिक्त प्रयास गर्नुपर्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ, सजग रहनुहोला । नियमकानूनले साथ दिनाले भएको दायित्वलाई पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।