आजको पञ्चाङ्ग एवम् राशिफल (२६ असार २०८२ बिहीबार, १० जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ असार २०८२ बिहीबार, १० जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ २६ गते तद्अनुसार सन् २०२५ जुलाई १० तारिख बिहीबार आषाढ शुक्ल पक्षको पूर्णिमा तिथि पूर्वाषाढ़ा नक्षत्र नक्षत्र ऐन्द्र योग भद्रा करण आनन्दादिमा धूम्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । पूर्णिमा व्रत, गुरू पूजा ।

आजको राशिफल

मेष – धेरै परिश्रम गरेपनि थोरै लाभ मिल्ने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर समाधान भने हुने नै देखिन्छ । घरखर्च केही बढ्नेछ । पति-पत्नीबीच असमझदारी बढ्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । आयआर्जनको कमीले वादविवादको सम्भावना छ । धर्मकर्मले काम बन्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – ब्यस्तता बढ्नुका साथै काममा जोखिम वृद्धि हुने समय छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनुहोला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना छ । खर्च पनि बढ्नेछ । महत्वपूर्ण योजना कार्यान्वयनमा जोखिम बढ्ला । बौद्धिक तथा रचनात्मक काममा आंशिक सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – परोपकार तथा समाजसेवामा विशेष लगाव रहने समय छ । धार्मिक समारोहमा सरिक हुने अवसर जुर्ला । कार्य-ब्यवहार निर्वाहका क्रममा नयाँ शिप तथा ज्ञान प्राप्त हुने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । कृषि तथा पशुपालन व्यवसायबाट लाभ मिल्नेछ । यात्रा उपलब्धिमूलक बन्नाले काममा उत्साह जाग्नेछ । सन्तानपक्षबाट सुख मिल्नेछ । बौद्धिकताको माध्यमबाट कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने र नयाँ योजनामा अघि बढ्न सकिने समय छ । परिश्रमको राम्रो मूल्यांकन होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउन सकिनेछ । चिताएको काम बन्ने योग रहेकोले महत्वपूर्ण कामहरू कार्यान्वयनमा लैजानु हितकर हुनेछ । वैदेशिक रोजगारीको काममा भने केही समस्या आउने योग छ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – मिश्रित फलदायी दिन छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आरोग्यबल बढ्नुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुने अवसर जुर्ला । तर, पारिवारिक समस्याहरू देखा पर्ने सम्भावना छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । मित्रजनसँग मनमुटावको योग छ । विश्वासमा पारेर धोका दिनेहरू सल्बलाउनेछन्, सजग रहनुहोला ।

कन्या – साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । आयआर्जनका नया स्रोतहरू थपिनेछन् । ब्यस्तता वृद्धिका बीच कामको दायित्व बढ्नेछ । विशेष सभा–समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जागृत होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला – व्यापार व्यवसायमा विशेष प्रगति हुने समय छ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आरोग्यबल वृद्धि होला । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । पढाइलेखाइमा सुधार होला । मिठो भोजन प्राप्तिले सुख बढ्नेछ । खेलकुद एवम् भ्रमणमा आकर्षण रहला । गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा मन जानेछ । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आजको दिन आर्थिक अभावले सताउन सक्छ, ख्याल राख्नुहोला । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । रोकिएको काम मिहेनतले बन्नेछ । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु – कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आर्थिक अभावले भने अलिक सताउनेछ । व्यवसायमा केही उतारचढाव आउला । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता आउला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

मकर – चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर मिल्ने योग छ । नाता-कुटुम्बको विशेष सहयोग रहनेछ । व्यापार-व्यवसाय विस्तार होला । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुनेछ । खर्च केही वृद्धि होला, तर काम बन्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कुम्भ – रोकिएका काम सुरु हुनेछन भने गरेका कामबाट राम्रै लाभ हुने समय छ । श्रमको उचित मूल्यांकन होला । सन्तान पक्षबाट सुख मिल्ने योग छ । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्य अघि बढ्न सक्छ ।

मीन – आजको दिन रोजगारीमा बाधा आइपर्नुका साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने सम्भावना छ, सजग रही ब्यवहार गर्नुहोला । तथापि, आफन्तको साथबाट आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । कर्मबल बढ्नेछ । साझेदारीको काम बन्नेछ । सुख-विलासको भाव जागृत होला ।