आजको पञ्चाङ्ग एवम् राशिफल (२७ असार २०८२ शुक्रबार, ११ जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ असार २०८२ शुक्रबार, ११ जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ आषाढ २७ गते तद्अनुसार सन् २०२५ जुलाई ११ तारिख श्रावण कृष्ण पक्षको प्रतिपदा तिथि पूर्वाषाढ़ा नक्षत्र ६ः४१ पर उत्तराषाढ़ा नक्षत्र वैधृति योग बालव करण आनन्दादिमा प्रवद्र्धमान योग चन्द्रमा धनु राशिमा १२ः५६ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमण शील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजे हुनेछ । विश्व जनसंख्या दिवस ।

आजको राशिफल

मेष – सहयोगीहरूको साथ दिए पनि कार्यसिद्धिका लागि कठिन पर्ने समय छ । सानातिना काममै आजको महत्वपूर्ण समय बित्न सक्छ । व्यर्थको खर्च पनि बढ्ने सम्भावना छ, मितव्यिियता अपनाउनुहोला । सामाजिक कार्यले मान प्रतिष्ठा दिलाउनेछ । पारिवारिक जमघट र मिठो भोजन प्राप्तिको योग छ । सन्तानपक्षबाट सुख मिल्ने देखिन्छ ।

वृष – अवसरको खोजीमा दौडधुप हुनसक्ने दिन छ । नियमित कार्यमा विशेष सफलता मिल्ने र त्यसबाट सुखको अनुभव हुनेछ । बौद्धिक तथा रचनात्मक कामले प्रशंसा दिलाउलाा । आजको दिन स्वास्थ्य केही कमजोर भएको अनुभूति होला, सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ । अनावश्यक यात्राको योग छ, ब्यर्थको यात्रा नगर्नु हितकर होला । नियमित खर्च वृद्धि हुन सक्छ, सजग रहनुहोला । आफन्तजन एवम् विपरीतलिंगी मित्रको साथले उत्साह वृद्धि गर्नेछ ।

मिथुन – बौद्धिकता र रचनात्मकता वृद्धिको समय छ । अध्ययन-अध्यापन कार्यमा सफलता मिल्नुका साथै धर्मकर्ममा रुचि बढ्ने देखिन्छ । मातापिता तथा टाढिएका आफन्तजनसँगको भेटघाटले मन हर्षित रहला । परोपकारमा मन जानेछ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ । आजको दिन खर्च भन्दा कमाई नै बढी हुने योग छ । साझेदारीको काम बन्नेछ । कुनैपनि समस्याले सहज निकास पाउने देखिन्छ ।

कर्कट – शुभदायी समय छ । सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिएलान् । विशेषतः विपरीतलिङ्गी पात्रबाट मिलेको हौसलाले मन प्रफुल्ल रहने योग छ । प्रेमभावका साथ साहस वृद्धि हुनेछ । आर्थिक क्रियाकलापले सकारात्मक मोड लिने तथा धनलाभको योग छ । पारिवारिक सुख प्राप्त होला । ब्यापार–व्यवसायमा पनि फाइदाकै समय छ । समस्यामा मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन केही प्रतिकुल रहन सक्छ । मनमा उदासिनता बढ्ने र महत्वपूर्ण काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुन सक्छन् । विश्वास गरेकाले धोका दिन सक्छन्, सजग रहनुहोला । दिनको पहिलो चरण काम बनेपनि उत्तरार्द्धमा काम बिग्रिएर सामान्य तनाव सिर्जना हुनसक्छ । इष्टमित्रहरुसँग असमझदारी तथा मुद्दा-मामिलाको योग छ, ब्यवहारमा सजग रहनुहोला । कुनै महत्वपूर्ण कार्ययोजनाको तयारीमा हुनुहुन्छ भने केही समय थाती राख्नु उचित हुनेछ ।

कन्या – पेशागत रुपमा केही समस्या देखिएपनि अन्य दृष्टिले आजको दिन सामान्य नै रहनेछ । सामाजिक क्रियाकलापमा आकर्षण बढ्नुका साथै परोपकारी कर्मले प्रतिष्ठा पनि दिलाउला । स्वास्थ्यका दृष्टिकोणले पनि यो राम्रो समय छ । नोकरीमा केही झमेला ब्यहोर्नुपरेपनि अन्ततः तपाईंको कामको प्रशंसा नै होला । मित्रजनहरूका साथ ब्यस्तता वृद्धि हुने देखिन्छ । खर्च नियन्त्रणको लागि सजग रहनुपर्ने देखिन्छ ।

तुला – गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने दिन छ । चिताएको काम बन्नाले मन रमाृउला । रोकिएको काम बन्नाले सुखको अनुभव हुनेछ । धन आर्जनको नयाँ उपाय पत्ता लाग्ने योग छ । परिस्थितिको लाभ उठाउन आफूलाई जागृत तुल्याउने प्रयत्न गर्नुहोला ।

वृश्चिक – नसोचेको काम बन्ने दिन छ । कर्मसिद्धिले सुखको अनुभूति दिलाउला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ । व्यापार-व्यवसायबाट राम्रै आम्दानी हुने देखिन्छ । नोकरीमा दिन उत्साहवर्द्धक नै रहला । अनेक किसिमका फाइदा मिल्ने योग छ । धन, मान-पुरस्कार प्राप्त हुने देखिन्छ । मिहिनेतले रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि होला । आरोग्यबल बढ्नेछ ।

धनु – मिश्रित फलदायी समय छ । बौद्धिक क्रियाकलाप बढ्नुका साथै अर्थसम्बन्धी रोकिएका काम पनि सम्पन्न हुने देखिन्छ । सबल स्वास्थ्य खानामा सचेत रहनुपर्ने दिन छ । अनावश्यक झमेलामा पर्नुबाट जोगिन ब्यवहारमा अत्यन्त सचेत रहनुहोला । यात्राको क्रममा सावधान रहनु हितकर हुनेछ । सन्तानपक्षबाट सुख बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – विचार र ब्यवहारले धेरैलाई आकर्षण गर्न सकिने समय छ । सामाजिक तथा परोपकारी कार्यमा विशेष आकर्षण रहनेछ । नियमित काममा पनि जाँगर वृद्धि हुने देखिन्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । मित्रजनबाट रमाइलो खबर सुन्न पाइएला । खर्च भने केही बढ्न सक्छ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ ।

कुम्भ – शुभदायी समय छ । आयआर्जनमा वृद्धिका साथै आश मारेको धन प्राप्तिले उत्साह जगाउने योग छ । सहृदयी मित्रजनका साथ रमाइलो यात्रा हुनसक्छ । आयबल वृद्धिले मन प्रफुल्ल रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख-सुविधाको वस्तुमा खर्च हुने योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । समयको समुचित लाभ उठाउने प्रयत्न गर्नुहोला ।

मीन – केही सुख केही दुःखको अनुभूति हुने समय छ । आफन्त एवम् मित्रजनको साथले रमाइलो अनुभूति भएपनि आर्थिक समस्याका कारण मन चिन्तित रहन सक्छ । घरमा पाहुना आगमनको सम्भावना छ । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । कतै टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस होला । साझेदारीको काम बन्नेछ ।