✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं.११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ आषाढ २९ गते तद्अनुसार सन् २०२५ जुलाई १३ तारिख आइतबार श्रावण कृष्ण पक्षको तृतीया तिथि श्रवण ७ः४७ पर धनिष्सठा नक्षत्र प्रीति योग वणि करण आनन्दादिमा गद योग चन्द्रमा १९ः४५ बजेसम्म मकर त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१८ मा भयो र सूर्यास्त साँझ १९ः०० बजे हुनेछ । भानुभक्त जयन्ती ।
आजको राशिफल
मेष – नियमित कार्यमा अनुकूलता वृद्धि भइ लाभ मिल्ने समय बन्नेछ । नयाँ आयस्रोत सिर्जना हुनसक्ने योग छ । इष्टमित्रको सहयोगले रोकिएको काम अघि बढ्नेछ । परिवारजनमा आपसरी सौहार्द्धता वृद्धि भइ खुशीको माहोल बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रागत कार्यमा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनेछ ।
वृष – मिश्रित फलदायी दिन छ । लामो समयदेखि बिछोडिएका मित्रसँग भेटघाट हुनसक्छ । बौद्धिक तथा रचनात्मक कामकाजले तीव्रता लिएपनि नियमित कार्यमा भने खासै उत्साह नरहला । पारिवारिक समस्याको समाधान मिल्नेछ । सन्तानपक्षबाट सुखप्राप्तिको योग छ । यात्रापरक काममा आंशिक सफलता मिल्नेछ । आर्थिक विषयको प्रश्नले सताउन सक्छ । धैर्यसाथ समस्याको समाधान खोज्नु उचित हुनेछ ।
मिथुन – भाग्यबल र शुभता बढ्नेछ । आजको दिन पराक्रम वृद्धिका साथ शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ भने विवेकको सही प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ । सामाजिक कार्यले प्रशंसा र प्रतिष्ठा बढाउल । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ । आर्थिक कार्यमा विशेष सफलता मिल्नेछ । आफन्तको साथले उत्साह वृद्धि गराउला ।
कर्कट – आजको दिन ब्यस्तता तथा दौडधुप बढ्नेछ । लामो समयदेखि रोकिएका काम मिहेनतले अघि बढ्न सक्छ । काममा मित्रजनको सहयोग प्राप्त हुनेछ । विपरीतलिंगी साथीबाट विशेष साथ मिलेको अनुभूति होला । मनोकूलता वृद्धिका साथै रसरागमा आकर्षण रहनेछ ।
सिंह – कर्मबल वृद्धि र उन्नति-पदोन्नतिको समय छ । नियमित कार्यमा लगाव रहला । आरोग्यबल वृद्धि हुनेछ भने दाम्पत्यसुख रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा मिलेको सफलताले उत्साह बढाउनेछ । पारिवारिक सुखशांति बढ्ने योग छ । यात्रागत कार्यलाई भने अजको दिन सकभर थाती राख्नु उचित हुनेछ ।
कन्या – आंशिक सफलताको दिन छ । महत्वपूर्ण कार्ययोजना थाती राखेर सानातिना काममा ध्यान लगाउनु उचित होला । मित्रजनबाट हौसला मिल्नेछ तर आर्थिकरूपले आजको दिन खासै सफलतादायी नरहने देखिन्छ । मिठो भोजन प्राप्तिले मन आनन्दित तुल्याउनेछ । स्वास्थ्य सबल रहनेछ ।
तुला – नियमित दैनिकीमा परिवर्तन नआएपनि मित्रजनसँगको भेट र आर्थिक उन्नतिका लागि गरिएको छलफलले उत्साह जगाउने समय छ । साहसिक कर्ममा विशेष आकर्षण रहला । प्रेमभाव बढ्नेछ भने सन्तान पक्षबाट सुख प्रािप्त हुनेछ । स्वास्थ्य सामान्य रहनेछ । कुनै नयाँ योजनाबारे सोचिरहनुभएको छ भने त्यसले कार्यान्वयनको चरणमा प्रवेश पाउने याोग छ ।
वृश्चिक – व्यस्तता बढेपनि रोकिएका काम अघि बढ्नाले मनमा सन्तुष्टिको भाव रहने समय छ । रोकिएको काम मिहिनेतले अघि बढ्लान् । बौद्धिकता-रचनात्मकताका साथ सामर्थ्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ । लामो यात्राका लागि अनुकल समय छ । सुख-सुविधाको वस्तु खरिदमा खर्च केही बढ्न सक्छ । योजना र बजेट बनाएर मात्र आर्थिक ब्यवहार गर्नु हितकर हुनेछ ।
धनु – पराक्रम वृद्धि भइ रोकिएका कामले गति लिने समय छ । सहयोगको आशा देखाउनेले साथ नदिन सक्छन्, तर आफ्नै प्रयत्नले कामलाई निरन्तरता दिन सकिनेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा विशेष आकर्षण रहला । मित्रजनको साथ मिठो भोजन प्राप्त हुने देखिन्छ । सुख बढ्नेछ ।
मकर – ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धिको समय छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीहरू जुट्नाले जस्तोसुकै जटिल कामबाट पनि फाइदा उठाउन सकिएला । घरखर्चमा केही वृद्धि हुने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । आफन्तजनको साथ–सहयोग प्राप्त हुनेछ ।
कुम्भ – भाग्य बलवान् रहनाले रोकिएका काममा दोहोऱ्याएर प्रयास गर्दा सफलताा मिल्ने दिन छ । तथापि, नाता–सम्बन्ध गाँसेर फाइदा उठाउन खोज्नेहरूले सताउन सक्छन्, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला । मिठो भोजन प्राप्ति र नियमित कार्यमा जाँगर वृद्धि हुनेछ । कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्य सर्थक रहने योग छ ।
मीन – मिश्रित फलदायी समय छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । अनावश्यक तर्कले विवाद निम्त्याउन सक्छ, बोली-व्यवहारमा सजग रहनुहोला । हिसाबकिताबमा सावधान नहुँदा आर्थिक विवादमा परिने योग छ । साझेदारीको काम बन्नेछ ।सुख विलासमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ ।
प्रतिक्रिया