आजको पञ्चाङ्ग एवम् राशिफल (३१ असार २०८२ मंगलबार, १५ जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ असार २०८२ मंगलबार, १५ जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धसर्थी नाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ असार ३१ गते तद्अनुसार सन् २०२५ जुलाई १५ तारिख मंगलबार श्रावण कृष्ण पक्षको पञ्चमी तिथि शतभिषा नक्षत्र ७ः०१ पर पूर्वाभाद्रपद नक्षत्र सौभाग्य योग कौलव करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कुम्भ राशिमा २४ः२० बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो र सूर्यास्त साँझ १९ः०० मा हुनेछ ।

आजको राशिफल

मेष – सुखद समाचारले दिन उत्साहपूर्ण तुल्याउला । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । दिगो फाइदाका लागि लगानी बढाउने योजना छ भने अघि बढ्नु उचित होला । कार्यसम्पादन गर्ने क्षमताका साथ आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । यात्रागत कार्य सार्थक बन्नेछ ।

वृष – पराक्रम वृद्धि भई रोकिएका कामले पूर्णता पाउने समय छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । परिवारिक सुख वृद्धिले उत्साह बढाउला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । इष्र्या गर्नेहरूको मनोबल कमजोर रहनेछ । तर अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने सम्भावना छ, ध्यान राख्नुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण रहनेछ । विपरीतलिंगी मित्रको साथ मिल्नेछ ।

मिथुन – आजको दिन सानातिना काम तथा घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । तथापि, पीडक पक्षबाट छुटकारा मिल्ने समय छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान दिनु उचित होला । छरछिमेकमा असमझदारी बढ्ने सम्भावना रहेकोले होसियारीसाथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने देखिन्छ । तर, कामका लागि गरिएको भ्रमणमा समयमात्र बित्ने सम्भावना छ । चुनौतीका बाबजुद सामाजिक कार्य तथा धर्मकर्ममा आकर्षण बढ्नेछ ।

कर्कट – नियमित कार्यमा केही जोखिम बढेपनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । इष्र्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् । तथापि बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ला । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – बोली र ब्यक्तित्वको प्रभावले लाभ उठाउन सकिने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ भने भौतिक साधन जुट्नाले प्रशन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुने देखिन्छ । पहिलेको सफलताले उत्साह जगाउला । आरोग्यबल वृद्धि हुनुका साथै प्रेमभाव बढ्नेछ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – कार्यगतिका साथ मान-महत्व बढ्ने समय छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिनेछ । साथीभाइको साथ-सहयोगले पराक्रम बढ्ला । समस्यामा आफन्तजनको साथ प्राप्त हुनेछ । आयआर्जन राम्रै हुने देखिन्छ । रमाइलो यात्राको अवसर जुट्नेछ । तर, दाम्पत्यमा शंका र असमझदारी बढ्नसक्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ ।

तुला – सहयोगीहरूले विपक्षीलाई साथ दिनाले केही चुनौती बढ्नसक्ने दिन छ । प्रतिष्ठित कर्मको अवसर जुरेपनि विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगीहरूको भर नपरी आफ्नै प्रयत्नले कार्य सिद्ध गर्नु खोज्नु हितकर हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष वृद्धि होला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहला । कामको तारिफ हुनाले उत्साह बढ्नेछ ।

वृश्चिक – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यस्तता बढ्नेछ भने मेहनत एवं मित्रजनको साथ-सहयोगले लाभ उठाउन सकिनेछ । व्यवसायिक काम बन्नेछन् । तर, परिस्थितिअनुसार चल्न नसक्दा कष्टको अनुभूति हुनसक्छ । नियमित काममा चुनौती देखिएलान् । पराक्रममा भने कमी आउनेछैन । सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु उचित होला ।

धनु – सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने बौद्धिक र रचनात्मक कार्य बन्ने दिन छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिएला । साथ दिनेहरू बढ्नेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आयआर्जनका स्रोत वृद्धिको योग छ । व्यापार-व्यवसायमा पनि राम्रै फाइदा हुने देखिन्छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । व्यस्तता बढेपनि फलदायी कार्यले सन्तुष्टि दिलाउनेछ ।

मकर – प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नुका साथै लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग छ । विभिन्न सहयोग र उपहार पाइएला । अरूलाई जथाभावी वचन दिनाले सास्ती दिनसक्छ, बोलीमा लगाम लगाउनुहोला । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ – विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनसक्ने समय छ । हिम्मतले काम बनाउन सकिएला । मनमा डरको भाव रहेपनि तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । आर्जित धन खर्च हुन सक्छ तर आफ्नै प्रयासले लाभ मिल्नाले क्रयशक्ति वृद्धि होला । आरोग्यबल वृद्धिका साथै प्रतिस्पर्धीलाई हराउन सकिनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मीन – मिश्रित फलदायी समय छ । आजको दिन प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । अधिकारका लागि केही संघर्ष हुन सक्छ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने योग छ । चुनौतीहरू चिर्न विपरीतलिंगीको साथ–सहयोग रहला । आरोग्यबल बढ्नेछ ।