✍ राजेन्द्रप्रसाद पाठक
चन्दनले जलाउनेमा नाम लेखायो !
गरिवको मृत्युमाथि धाक देखायो !!
जलिसकेपछि पनि राख देखायो !
मृत्युपछि माथिको अभिलाख देखायो !!
अरुभन्दा धेरै माथि साख देखायो !
सबैभन्दा बढी नै चलाख देखायो !!
धेरै ठुलो दाताको खाता देखायो !
मन्दिर र मस्जिदको दाता देखायो !!
धेरै धेरै दान गरेको पाता देखायो !
संसारकै धेरै ठुलो ज्ञाता देखायो !!
धनीमानी ठुलाबडा नाता देखायो !
धर्मपुत्र पाल्ने आफ्नो माता देखायो !!
आफ्नो कुलघरानको खाता देखायो !
खेतबारी जमिनको आँठा देखायो !!
आफैले लेखेको जीवनगाथा देखायो !
खल्तिविना रामनामीको खादा देखायो !!
प्रतिक्रिया