बरालको ‘मोःमोःका पाइलाहरु’

बरालको ‘मोःमोःका पाइलाहरु’


  • विकाश रौनियार

‘खाद्य तथा स्वादका राजदूत’को रुपमा परिचित विनोद बरालद्वारा लिखित पुस्तक ‘मोःमोःका पाइलाहरु’को विमोचन हुने भएको छ ।

बेलायतमा बासोबास गर्दै आएका बरालको पुस्तक विमोचन लण्डनस्थित विजनेश डिजाइन सेन्टरको ‘दि नेशनल जियोग्राफिक ट्राभलर फुड फेस्टिभल’मा जुलाई १९ र २० मा हुनेछ।

विमाचनमा सहभागिताका लागि लेखक बरालले लण्डन र बेलायतबासी सबै नेपालीलाई आग्रह गरेका छन् । कार्यक्रमको आयोजकमा मोःमोः फाउन्डेसन र सहआयोजकमा सरस्वती केन्द्र नेपाल रहेको छ । कार्यक्रम लण्डनको समयअनुसार दिउँसो ३ः३० मा हुने तय भएको जनाइएको छ ।

धादिङको बेनीघाट रोराङमा जन्मिएका बराल लामो समयदेखि लण्डनमा बस्दै आएका छन् । बेलायतमा रहेर पनि समाजसेवा र नेपाली समुदायको सहयोगमा उत्तिकै क्रियाशील रहेको जानकारहरु बताउँछन् ।