आजको पञ्चाङ्ग एवम् राशिफल (४ श्रावण २०८२ आइतबार, २० जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ श्रावण २०८२ आइतबार, २० जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ श्रावण ४ गते तद्अनुसार सन् २०२५ जुलाई २० तारिख आइतबार श्रावण कृष्ण पक्षको दशमी तिथि १०ः४५ पर एकादशी तिथि कृतिका नक्षत्र गण्ड योग बव करण आनन्दादियोगमा धूम्र योग चन्द्रमा मेष राशिमा ५ः४० बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२१ मा भयो र सूर्यास्त साँझ १८ः५८ मा हुनेछ ।

आजको राशिफल

मेष – केही चुनौती वृद्धि हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन मुस्किल पर्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा लाभ मिल्नेछ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । खर्चवृद्धिको सम्भावना छ, फजुल खर्च रोक्न विशेष प्रयत्न गर्नु हितकर हुनेछ । यात्रागत कामा सफलता प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ ।

वृष – सोचेको काम सफलतापूर्वक सम्पन्न हुने दिन छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । तथापि, अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । नजिकका साथीभाइ टाढिनाले परिस्थिति प्रतिकूल रहन सक्छ, ध्यान राख्नुहोला । ब्यस्तताका साथै जोखिम बढ्नेछ । आफन्तजनको साथ र उच्च आत्मविश्वासले समस्याको समाधान दिलाउने देखिन्छ ।

मिथुन – नियमित कार्यमा ब्यवधान आइपर्न सक्ने समय भएपनि नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । बाध्यतामा अल्मलिनुपर्दा चिताएको महत्वपूर्ण काम रोकिने सम्भावना छ । काम बिग्रने डरले सताइरहला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर पारिवारिक समस्याको समाधान मिल्नेछ ।

कर्कट – बोली र व्यक्तित्वको प्रभाव बढ्ने समय छ । मिहेनतले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ । आमाको माध्यमबाट काम बन्न सक्छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नुका साथै विपरीतलिंगीको साथ-सहयोग मिल्नेछ । मित्रजनका साथ रमाइलो यात्रा हुनसक्छ । यात्रागत कार्यबाट लाभ मिल्ने योग छ । समग्रमा दिन रमाइलैसँग बित्ने देखिन्छ ।

सिंह – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । कर्मयोग र आम्दानीले पछ्याउनेछन् । अनुकूलता वृद्धि भएपनि हिम्मत गर्न नसक्दा योजना कार्यान्वयनमा केही पछि परिएला । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । यात्रा शुभ रहला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । सबल स्वास्थ्यको लागि मसलाजन्य खानाबाट सावधान रहनुहोला ।

कन्या – पारिवारिक सुख शान्ति बढ्नुको साथै नियमित कार्यमा सफलतमा मिल्ने समय छ । चुनौतीहरू स्वतः हट्नेछन् भने रोकिएको कार्य धर्मकर्मलेले अघि बढ्नेछ । पारिवारिक भेटघाट हुनसक्छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्नुका साथै ठूलै फाइदाको आश्वासन पनि पाइएला । विशेष योजनाहरू बन्नेछन् । सन्तानपक्षबाट सुख मिल्नेछ । आमोदप्रमोदमा रम्ने योग छ ।

तुला – सहयोगीहरूले राम्रो साथ दिने र काममा सोचेजस्तै सफलता मिल्ने समय छ । पारिवारिक जमघटमा मन रमाउला । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । तर, भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । बुद्धि-विवेकको सही प्रयोगले प्रतिस्पर्धी परास्त हुनेछन् । साथीभाइको साथ मिल्नेछ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउला । तर, अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग रहेकोले ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुनसक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । लामो दूरीको यात्रा वा वैदेशिक भ्रमणका लागि प्रयत्न गर्ने समय छ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – आजको दिन मेहनतीजनका लागि राम्रै फाइदा हुने देखिन्छ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । आरोग्यबलल बढ्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला । नियमित कार्यमा भने आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, ध्यान राख्नुहोला । सहयोगीहरूबाट उत्साहजनक साथ नपाइने देखिन्छ, सचेत रहनुहोला ।

मकर – मिश्रित फलदायी समय छ । लाभदायी कार्य प्रारम्भ हुने देखिन्छ । साझेदारीको काममा विशेष फाइदा हुने योग छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । नियमित कार्यबाट मिहेनतको तुलनामा न्यून उपलब्धिका कारण मनमा असन्तोषको भाव जागृत होला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । बोलीको प्रभावका साथै कार्यसम्पादनको क्षमता बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । अनावश्यक विवादमा पर्नुबाट जोगिने प्रयत्न गर्नुहोला । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – होसियारीसाथ काम लिनुपर्ने समय छ । व्यक्तिगत फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । विवेकका साथ प्रयत्न गर्दा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । रसराग गीत-संगीतमा आकर्षण बढ्नेछ । आरोग्यबल वृद्धि होला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ने देखिन्छ । मेहनतले कीर्ति दिलाउने योग छ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।