आजको पञ्चाङ्ग एवम् राशिफल (६ श्रावण २०८२ मंगलबार, २२ जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ श्रावण २०८२ मंगलबार, २२ जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धर्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ श्रावण ६ गते तद्अनुसार सन् २०२५ जुलाई २२ तारिख मंगलबार श्रावण कृष्ण पक्षको द्वादशी तिथि ६ः५ पर त्रयोदशी तिथि मृगशिरा नक्षत्र ध्रुव योग गर करण आनन्दादिमा राक्षस योग चन्द्रमा वृष राशिमा ८ः११ बजेसम्म त्यसपछि मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२२ मा भयो र सूर्यास्त साँझ १८ः५७ मा हुनेछ । प्रदोषव्रत ।

आजको राशिफल

मेष – आजको दिन दिन खासै उपलब्धिमूलक नरहला । छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । विशिष्टजनबाट आलोचना हुन सक्छ । कसैसँग वादविवादको सम्भावना छ, बोली र व्यवहारमा सजगता अपनाउनुहोला । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । परिवारजनमा समझदारीकायम राख्न विशेष प्रयत्न गर्नु हितकर हुनेछ ।

वृष – नियमित काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । मित्र एवम् आफन्तले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला । व्यावसायिक काम भने बीचमा अवरुद्ध बन्नसक्ने योग छ, सजग रहनुहोला । मित्रजनको साथ-सहयोग मिल्नाले उत्साह बढ्नेछ ।

मिथुन – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । कृषि तथा पशुपालनमा विशेष फाइदा होला । लगानी एवम् खर्च वृद्धि हुनेछ, ख्याल राख्नुहोला । साहसिक काममा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ ।

कर्कट – पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्ति हुने समय छ । अध्ययन–अध्यापनमा मन जाला । पराक्रम वृद्धिले नयाँ काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । आरोग्यता रहनेछ । साथीभाइ सहयोगी बनेर देखापर्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रापरक काम बन्नेछ ।

सिंह – बौद्धिक क्षमता प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने समय छ । आँटेका प्रायः सबै कामहरू बन्नेछन् । आम्दानीको नयाँ श्रोत फेलापर्ने योग छ । ठूला व्यक्तिको विश्वास सजिलै लिन सकिनेछ । ब्यापारमा पनि फाइदा होला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

कन्या – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । साझेदारीको काम बन्नेछ भने व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्य सबल रहला । पढाइलेखाइमा विशेष सफलता मिल्ने देखिन्छ । नयाँ काममा ध्यान दिए भविष्यका लागिसमेत लाभदायी सावित होला । दाम्पत्यसुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।

तुला – नयाँ काममा हात हाल्ने समय आएको छ । तर, इर्ष्यालुजनको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । दायित्वलाई पूरा गर्नुहुनेछ । नोकरी एवम् राजनीतिमा बर्चस्व बढाउन सकिने योग छ । सभा-समारोहमा मान पुरस्कार प्राप्तिको सम्भावना छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृश्चिक – समय शुभदायी छ । धन आर्जनका माध्यमहरूको थालनी हुने देखिन्छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारमा पनि सुखको माहोल बन्नेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । रोकिएको काम बन्नुका साथै आय वृद्धि होला । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – विशेषगरी आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । अरुको काम धेरै गर्नुपर्ने योग छ, तथापि जश भने कमै मिल्ला । छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

मकर – समय केही चुनौतीयुक्त छ । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहला, जसले गर्दा सोचेको काममा बाधा ब्यहोर्नुपर्ला । सोचेअनुरुप काम नहुँदा खिन्नता पनि बढ्न सक्छ । रसरागात्मक कार्यमा विशेष आकर्षण रहने देखिन्छ । शत्रु परास्त गर्ने सामथ्र्य बढ्नेछ । खेलकूद, भ्रमण जस्ता कार्यमा आकर्षण बढ्नेछ । यात्रागत कार्य सार्थक रहला ।

कुम्भ – कर्मबल बढ्नेछ । परिवारमा खुशीको माहोल छाउला । नयाँ स्थानमा यात्रा हुनसक्ने योग छ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद, भ्रमणलगायत मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्ला । पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ । समग्रमा मनोरञ्जनका साथ दिन बित्ने देखिन्छ ।

मीन – मिश्रित फलदायी समय छ । विगतमा गरेको गल्ती तथा कमजोरीका कारण तनाव सिर्जना हुनसक्छ । अनावश्यक कुरामा धननाश हुने योग छ, आर्थिक कारोबारमा धेरै नै विचार पुऱ्याउनुपर्नेछ । विवाद बढ्ने सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध पैदा हुने र मनमा अनावश्यक चिन्ता बढ्ने सम्भावना छ । घरायसी ब्यवहारको चिन्ताले सताउन सक्छ । स्वास्थ्य सबल रहनेछ । विपरीतलिंगी मित्रको साथ मिल्नेछ ।