✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धर्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन ७ गते तद्अनुसार सन् २०२५ जुलाई २३ तारिख बुधबार श्रावण कृष्ण पक्षको चतुर्दशी तिथि आद्र्रा नक्षत्र व्याघात योग भद्रा करण आनन्दादिमा मुशल योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ मा भयो र सूर्यास्त साँझ १८ः५६ मा हुनेछ । घण्टाकर्ण चतुर्दशी ।
आजको राशिफल
मेष – आजको दिन सामान्य उपलब्धिको लागि पनि ज्यादा नै परिश्रम लगाउनुपर्ने अवस्था आउन सक्छ । व्यावसायिक काममा फाइदा उठे पनि आर्जित धन तत्काल खर्च हुने सम्भावना छ । स्वास्थ्यगत दृष्टिले आज केही कमजोर अनुभूति हुने देखिन्छ । अप्रिय समाचारले मन खिन्न रहला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्ने प्रयास गर्नुहोला । प्रतिकुलताका बाबजुद आमोदप्रमोदमको भाव पैदा हुनेछ ।
वृष – प्रतिष्ठित कामको अवसर जुर्ने दिन छ । आत्मविश्वास बढ्नेछ भने विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउनेछ । सन्तान तथा मातृशक्तिको सल्लाह-सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । खर्च भने केही वृद्धि हुन सक्छ । परिवारिक सुख र उत्साह बढ्नेछ ।
मिथुन – आजको दिन दौडधुप बढ्नुका साथै कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । बोली र व्यवहारमा सजगता अपनाउनु बुद्धिमानी सावित हुनेछ । काममा स्थानान्तरण तथा लामो यात्राको सम्भावना छ । केही चुनौतीका बाबजुद लाभदायी काम प्रारम्भ हुनसक्ने योग छ । साझेदारीमा पनि राम्रै फाइदा हुने देखिन्छ । प्रतिष्पर्धी परास्त हुनेछन् । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – आजको दिन यात्राको व्यवस्थापनमा खर्च हुन सक्छ । लाभदायी कार्यमा परिवारजनको साथले नयाँ आशा पलाउला । तर, प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सावधानीपूर्वक व्यवहार गर्नुहोला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग रहेकोले सजगताको दरकार छ । समयमा होश नपुग्नाले खर्चको अवस्था आउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । विपरीतलिंगी मित्र सहयोगी बनेर देखपर्ने योग छ ।
सिंह – आजको दिन मिश्रित फलदायी रहला । आलस्यका कारण अवसर गुम्न सक्ने सम्भावना रहेकोले आफूलाई चुस्तदुरुस्त राख्न विशेष प्रयत्न गर्नु उचित हुनेछ । श्रमको राम्रै मूल्यांकन हुने देखिन्छ । अति आवश्यक अवस्थाबाहेक आजको दिन आर्थिक कारोबार नगर्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु हितकारी हुनेछ । नसोचेको ठाउँमा खर्च हुने योग छ, सजग रही आर्थिक व्यवहार गर्नुहोला । भ्रमण एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या – परिश्रम धेरै परेपनि सामान्य उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ । पढाइलेखाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ, सावधानीपूर्वक व्यवहार गर्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला – आजको दिन आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले विशेष सजगताको खाँचो छ । व्यवसायमा लगानी बढाउनुपर्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । तथापि, आँटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा पर्नसक्ने योगका बाबजुद मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । आरोग्यबल बढ्नुका साथै साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक – ब्यस्तता बढेसँगै रोकिएका काम बिस्तारै बन्नेछन् । आजको दिन पठनपाठन तथा बौद्धिक अभ्यासमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । वादिष्ट भोजनमा मन रमाउला । समयमा काम पूरा नहुनाले अवसर गुम्नसक्ने योग पनि छ, सजग रही कार्य गर्नुहोला । जिम्मेवारी बढिरहन सक्छ तर सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावनाप्रति सचेत रहनुपर्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाएर मात्र व्यवहार गर्नु उचित होला ।
धनु – नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने समय छ । भेटघाटको अलमलले नोक्सानमा पार्न सक्छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । व्यावसायिक काममा खर्च केही बढ्ने र अरूका काममा महत्वपूर्ण समय बित्ने योग छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । रचनात्मक काममा सफलता मिल्नेछ, यात्रापरक काम बन्नेछ ।
मकर – कामको चापबाट मुक्त रही विश्राम पाइने समय छ । रोकिएका काम बन्नेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेम सम्बन्धमा रोमाञ्चक मोड आउन सक्छ । सबल स्वास्थ्यका लागि भने विशेष सजगता अपनाउनु उचित हुनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनाले आत्मविश्वास बढ्नेछ । जटिल कार्यमा नियमकानूनले साथ दिनेछ ।
कुम्भ – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि जागृत होला । अप्रत्याशित लाभको योग छ । सुखद खबरले उत्साह जगाउने योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । स्वास्थ्य सबल रहनाले सामर्थ्य वृद्धि हुनेछ ।
मीन – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा होला । सेवामूलक कामबाट धनलाभ होला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने योग छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने र तिनबाट साथ-सहयोग मिल्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । वार्ताको माध्यमबाट कुनै पनि समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया