✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम सम्बत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन ८ गते तद्अनुसार सन् २०२५ जुलाई २४ तारीख बिहीबार श्रावण कृष्ण पक्षको अमावश्या तिथि पुनर्वसु नक्षत्र हर्षण योग चतुष्पाद करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मिथुन राशिमा ११ः५२ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ मा भयो र सूर्यास्त साँझ १८ः५६ बजेमा हुनेछ । दर्शश्राद्ध, औंसी ।
आजको राशिफल
मेष – अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । महत्वपूर्ण काममा मातापिताको सहयोग प्राप्त होला । तथापि, विगतका निर्णयले काम बिग्रने र बेसुरमा वचन दिने बानीले दुःख मिल्न सक्ने सम्भावना छ, सचेतनाका साथ कर्म गर्नुहोला । विवेक प्रयोग गरेर व्यवहार गर्नु हितकर हुनेछ ।
वृष – प्रतिस्पर्धामा केही कमजोर सावित भइने समय छ । प्रयत्न गर्दा वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिने छ । अग्रजको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन आर्जनको दृष्टिले राम्रो दिन छ, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।
मिथुन – आजको दिन कृषि कार्यबाट सामान्य तर व्यापारमा राम्रै लाभ हुने देखिन्छ । तर, कुनै विशेष कार्य गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु हितकर हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । तथापि, बौद्धिकता तथा रचनात्मकताले समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ, समय चिनेर लाभ उठाउने विशेष प्रयत्न गर्नुहोला । बिनाप्रतिस्पर्धा लाभ प्राप्त हुनसक्ने समय रहेपनि अरूको मात्र भर पर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयनमा रोकावट आउने योग छ । आफन्तमिलनले सुख प्रदान गर्नेछ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ ।
सिंह – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको पनि सम्भावना देखिन्छ । परिवारजनमा खटपट तथा आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले व्यवहारमा सरलता अपनाउनु हितकर होला । सद्विचारबाट अभिप्रेरित हुनेहरूलाई विशेष फाइदा प्राप्त हुने देखिन्छ । मित्रजनको साथ मिल्ला । विभिन्न सहयोग र उपहार मिल्नुका साथै आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ ।
कन्या – अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । धनलाभको योग छ । भौतिक साधन जुट्नाले प्रशन्नता मिल्नेछ । साहस र सुख वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आफन्त एवम् मित्रजनको सहयोग प्राप्त होला । साहस वा पराक्रममा कमी आउनेछैन ।
तुला – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । व्यापारमा पनि ठिकै छ । आफन्तजनबाट टाढिनुपर्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनु उचित होला । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।
वृश्चिक – व्यस्तता बढ्नेछ तर रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने दिन छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा होला । यसका बाबजुद आलोचक पक्ष सक्रिय हुनसक्ने र मानसम्मानमा आघात पुग्ने योग पनि छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । पठनपाठन कार्यमा त्यति समय दिन नसकिएला । सुख-सुविधाको वस्तुमा खर्च बढ्ला । योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।
धनु – द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीका साथ जुट्नुपर्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रसरागको भाव जागृत होला । विपरीतलिंगी मित्रको साथ रहनेछ ।
मकर – लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । साहसिक काममा आकर्षण बढ्नेछ तर आजको प्रयत्न निष्फल जस्तै हुनसक्ने योग रहेकोले महत्वपूर्ण कार्य थाती राख्नु उचित हुनेछ । इर्ष गर्नेहरू हाबी हुनाले काम बिग्रने भयले सताउन सक्छ । सहयोगीहरूले पनि खासै साथ नदिने देखिन्छ । स्वादिष्ट भोजनको आनन्द जुर्नेछ । स्वास्थ्यमा सामान्य कमजोरी देखापर्न सक्छ, सचेत रहनुहोला ।
कुम्भ – सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । तथापि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंको कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । आरोग्यबल बढ्नेछ । खेलकूद, भ्रमण जस्ता कार्यमा आकर्षण रहला ।
मीन – पारिवारिक जमघटमा मन रमाउनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । आजको दिन व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । सुख विलास बढ्नेछ भने आर्थिक समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त होला । तथापि, अनावश्यक झमेलाको सम्भावना पनि रहेकोले त्यस्तो परिस्थितिबाट जोगिन विशेष प्रयत्न गर्नु हितकर हुनेछ ।
प्रतिक्रिया