आजको पञ्चाङ्ग एवम् राशिफल (९ श्रावण २०८२ शुक्रबार, २५ जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ श्रावण २०८२ शुक्रबार, २५ जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन ९ गते तद्अनुसार सन् २०२५ जुलाई २५ तारखि शुक्रबार श्रावण शुक्ल पक्षको प्रतिपदा तिथि पुष्य नक्षत्र बज्र योग किंस्तुघ्न करण आनन्दादिमा उत्पात योग चन्द्रमा कर्कट राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२४ मा भयो र सूर्यास्त साँझ १८ः५५ बजे हुनेछ । गुँलाधर्मारम्भ ।

आजको राशिफल

मेष – ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने देखिन्छ । यात्रापरक काम बन्नाले उत्साह वृद्धि हुनेछ । आकस्मिक किसिमले आर्थिक लाभ होला । कृषिजन्य कर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ने योग छ । आजको दिन इर्ष्यालुजनसँग दूरी बनाउनु उचित हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । विपरीतलिंगीको साथ-सहयोग रहनेछ ।

वृष – आरोग्यबलका साथै पराक्रम बढ्ने र नियमित कार्यमा सहजताको अनुभूति हुने समय छ । पारिवारिक समस्याको समाधान मिल्ला । परोपकार र धार्मिक क्षेत्रको लगानी यशवद्र्धक एवम् फलदायी रहला । सवारी साधनको प्रयोगमा आजको दिन विशेष सजगता अपनाउनु हितकर हुनेछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, सजग रहनुहोला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ ।

मिथुन – अप्ठ्यारो परिस्थितिमा पनि महत्वपूर्ण काम बन्नसक्ने समय छ । सानातिना काम र घरेलु व्यवहारमै आजको समय व्यतीत भएपनि राम्रै लाभ प्राप्त हुने देखिन्छ । हाँसखेल र मनोरञ्जनको अवस्था रहला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कर्कट – परिश्रमको राम्रै प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथमा सुमधुर सम्बन्ध रहनेछ, जसबाट दीर्घकालिक लाभ मिल्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु उचित होला । आरोग्यबल बढ्नेछ । विपरीतलिंगीको सहयोगले महत्वपूर्ण काम बन्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – व्यवसायसँग सम्बद्ध कार्यमा कुनै ठोस परिणाम देखापर्ने समय छ । चुनौती र अपठ्यारा हटाउन गरिएको प्रयास सफल रहला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पराक्रम वृद्धि हुनुका साथै रसरागका कार्यक्रममा आकर्षण रहनेछ ।

कन्या – नयाँ काम र जिम्मेवारी हातपर्ने समय छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको गुज्रने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गरे आर्थिक दृष्टिले लाभकारी होला । बुद्धिको सही उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पढाइलेखाइमा राम्रै प्रगति हुनेछ । आफन्तजन सहयोगी रहलान् । स्वास्थ्यमा भने सामान्य समस्या देखापर्न सक्छ, सजग रहनुहोला ।

तुला – कर्मबल वृद्धि हुने र सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने उचित बेला छ । शत्रुहरूको चलखेल बढे पनि समर्थ्य वृद्धिका कारण तिनले हानी गर्न सक्ने छैनन् । प्रेमभाव वृद्धि हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

वृश्चिक – पारिवारिक वातावरण तपाईंको अनुकूल नरहे पनि पराक्रम र उत्साह बढ्ने दिन छ । प्रतिस्पर्धी परास्त हुनुका साथै आम्दानी बढ्ला । उद्योग तथा व्यापारमा विशेष फाइदाको योग छ । स्वास्थ्य सबल रहनेछ । सुख-सुविधाको वस्तु बढ्नेछन् । मिठो भोजन प्राप्तिका साथै सुख विलासको अवस्था रहने देखिन्छ । यात्रा सुखदायी रहनेछ ।

धनु – आजको दिन चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ, धैर्यपूर्वक काम लिने प्रयत्न गर्नुहोला । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । साझेदारीको काम बन्नेछ । शत्रुसित लड्ने सामर्थ्य वृद्धि हुनेछ । कृषि क्षेत्रबाट राम्रै लाभ मिल्ने योग छ ।

मकर – आजको दिन बोलीको विपरीत अर्थ लाग्न सक्ने तथा भावनामा केन्दित भइने समय रहेकोले बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु उचित होला । खेलकूद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहनेछ । नचिताएको स्थानबाट धनागमन हुनसक्ने देखिन्छ । परिणाममुखी काममा लगानी गर्न सकिनेछ । शरीर फूर्तिलो भएको महसुस होला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ – न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । आर्थिक पक्ष सुदृढ रहला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ, ध्यान राख्नुहोला । यात्रागत कार्य सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नुपर्नेछ । खर्च वृद्धि हुनसक्ने योग रहेकोले नियन्त्रणको प्रयत्न गर्नुहोला । मित्रजनको सहयाोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।

मीन – आजको दिन समय लागे पनि चिताएअनुसार कार्य सम्पादन हुनेछन् । टाढाको यात्रा गर्नुपर्ने अवस्था आउनसक्छ, तर अनावश्यक यात्राबाट सकभर जोगिनु हितकर रहला । पारिवारिक सहयोग प्राप्त हुनेछ । कामधन्दा र व्यवसायको चापले गर्दा मित्रमिलन एवम् दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । कर्मबल भने बढ्नेछ ।