आजको पञ्चाङ्ग एवम् राशिफल (११ श्रावण २०८२ आइतबार, २७ जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ श्रावण २०८२ आइतबार, २७ जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन ११ गते तद्अनुसार सन् २०२५ जुलाई २७ तारिख आइतबार श्रावण शुक्ल पक्षको तृतीया तिथि मघा नक्षत्र व्यतिपात योग तैतिल करण आनन्दादिमा मुद्गर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ मा भयो र सूर्यास्त साँझ १८ः५४ मा हुनेछ । वराहजयन्ती ।

आजको राशिफल

मेष – आकस्मिक रुपले सफलता वा असफलता मिल्ने खालको दिन छ । आर्थिक कारोबार बढ्ला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने समय छ । बाहन, चौपाया आदि प्राप्त हुने तथा नयाँ विशेष सामान खरिदको योग छ । आफन्तजनको साथले पराक्रम वृद्धिका साथै पारिवारिक समस्याको समाधान मिल्ने देखिन्छ । यात्रापरक काम बन्नेछ ।

वृष – लाभदायक समय छ । व्यापार-व्यवसायबाट अर्थिक लाभ मिल्नेछ । पारिवारिक सुख प्राप्तिले आत्मबल बढाउला । आरोग्यबल वृद्धि हुनेछ । प्रतिष्पर्धी एवम् शत्रुपक्षलाई पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । प्रेमभाव वृद्धि तथा सन्तान पक्षबाट सुख मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने, वैवाहिक जीवन सुखी हुने दिन छ । समग्र पक्षमा अनुकूलता वृद्धि भएको अनुभूति होला ।

मिथुन – सामाजिक क्रियाकलाप तथा परोपकारको क्षेत्रमा मन आकर्षित हुने समय छ । दैनिक कार्य सन्तोषजनक सम्पन्न हुनेछन् भने व्यापार-व्यवसायमा पनि फलिफाप नै हुने देखिन्छ । अप्रत्यासित धनलाभको सम्भावना छ । मिष्ठान्न भोजनको अवसर जुर्नुका साथै मित्रजनसँग रमाइलो भेटघाट पनि होला । आजको दिन नसोचेको काम बन्ने देखिन्छ, प्रयास गर्नुहोला ।

कर्कट – प्रतिभा देखाएर धेरैको मन जित्न सकिने समय छ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछन् । धनजन वृद्धि हुने र आफ्नो पक्षमा समर्थन जुट्ने योग छ । विशिष्टजनसँग फलदायी भेटघाट हुनसक्छ । महत्वपूर्ण कामका साथै अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

सिंह – साहसिक कामप्रति विशेष लगाव बढ्ने समय छ । मिठो भोजन प्राप्त हुनेछ तर सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु उचित होला । निकट मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ने देखिन्छ । आजको दिन अनावश्यक विवाद बढ्नुका साथै शत्रुजनले सताउन सक्छन्, सावधान रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्छ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।

कन्या – आजको दिन पुराना तथा अधुरा रहेका कामहरु सम्पन्न हुनसक्छन् । कामको सफलताले थप काम गर्ने हौसला मिल्ने समय छ । सुखदायी यात्रा र आयआर्जन हुने देखिन्छ । नयाँ-नयाँ साथीसंगीसँग चिनजान होला । साथीभाइको सहयोगले डुबेको धन प्राप्त हुनसक्ने सम्भावना प्रवल छ । पराक्रम वृद्धिले जस्तोसुकै समस्यामा समाधान मिल्ने देखिन्छ ।

तुला – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्नसक्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुन सक्छ । नियमित कार्यमा व्यर्थको खर्च होला । स्वास्थ्यमा पनि गडबडीको सम्भावना रहेकोले खानपानमा विशेष सजक रहनु उचित हुनेछ । प्रेम सम्बन्धमा केही चिसोपन आउन सक्छ । समग्र ब्यवहारमा धैर्यको जरुरत छ । चुनौतीका बाबजुद पराक्रम झल्कने कार्यमा आकर्षण रहला । योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस हुनेछ ।

वृश्चिक – सुखदानुभूतिले पछ्याइरहने दिन छ । पाहुना आगमन हुनसक्छ जसले मनमा आनन्द दिलाउला । नयाँ काम प्राप्तिका साथै धन कमाउने अवसर जुर्ला । कृषिको कामबाट विशेष लाभ हुने देखिन्छ । मनोरञ्जनात्मक यात्रा हुनसक्छ । आयबल र यशवर्चश्व बढ्नेछ । आजको दिन लेनदेनको काम भने नगर्नु नै उचित हुनेछ । विपरीतलिंगीको साथले कामेच्छा वृद्धि हुने योग छ ।

धनु – आजको दिन सोच्दैनसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । दान पुण्यका कार्यमा आकर्षण वृद्धि होला । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । कृषिजन्य व्यापारबाट पनि राम्रो फाइदा हुने समय छ । साथीभाइसितको छलफलले धनलाभको बाटो पत्ता लाग्न सक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । मित्रजनको सहयोगले कार्यगति बढ्नेछ ।

मकर – धन आर्जनका नयाँ बाटा खुल्ने समय छ । खर्च भन्दा कमाई नै बढी होला । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्ने देखिन्छ । मातापिता एवम् विशिष्ट ब्यक्तित्वसंगको भेटघाटले मनमा हर्ष छाउला । सभा-समारोहमा सम्मान प्राप्त हुने योग छ । पराक्रम बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कुम्भ – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने दिन छ । नियमित कर्ममा जाँगर थपिएला । महत्वपूर्ण कामहरु सजिलैसँग बन्नेछन् । विपरितलिङ्गीको साथ–सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । धनलाभ र पारिवारिक सुखको योग छ । अध्ययन तथा अध्यापन कार्यमा प्रगति होला । दामपत्यसुख बढ्नेछ ।

मीन – आजको दिन अनावश्यक वादविवादको सामना गर्नुपर्ने अवस्था निम्तन सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनुहोला । दैनन्दिन कार्य-ब्यवहारको बोझ बढेको अनुभूति हुनसक्छ । पेशागत रुपमा पनि समस्या देखिने योग छ । घरपरिवारमा केही मनमुटाव होला । काम-कर्तव्यमा जोडबल लगाएपनि सफलता प्राप्तिमा चुनौती खडा हुने देखिन्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । प्रेम सम्बन्धमा आएको चिसोपनले मन उदास रहन सक्छ । मन शान्तिका लागि परोपकारको कर्ममा ध्यान निे प्रयास गर्नु उचित हुनेछ ।