एनआरएनए जापानको नयाँ कार्यसमिति चयन

एनआरएनए जापानको नयाँ कार्यसमिति चयन


गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यसमिति चयन गरिएको छ । आइतबार (२७ जुलाई) सम्पन्न निर्वाचनको मतगणनापश्चात् सुभाष लामिछाने अध्यक्ष पदमा विजयी भएका छन् । लामिछानेले ७ हजार १ सय ५२ मत प्राप्त गर्दै प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई पराजित गरेका हुन् । श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा टिकाराम खरेल निर्वाचित भएका छन् । उनले ६ हजार ४ सय १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कृष्ण गैरै शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरे । त्यसैगरी, महासचिव पदमा श्यामकुमार श्रेष्ठ (श्याम शितल) विजयी भएका छन् । श्रेष्ठले ६ हजार ३ सय ८४ र प्रतिस्पर्धी विश्वास गौतम (खगराज गौतम)ले ५ हजार ९ सय ६१ मत प्राप्त गरेका छन् ।

अन्य नवनिर्वाचित पदाधिकारीहरूमा, वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल, क्षेत्रीय उपाध्यक्षमा विष्णु प्रसाद सुवेदी (विश्व), उपाध्यक्षमा मुक्तिराम खनाल (विनोद) दिलिप कँडेल र दिपक सुनार चयन भएका छन् ।

त्यसैगरी सचिव (खुला)मा नेत्र पाण्डे र दिल्लिप्रसाद सापकोटा, क्षेत्रीय सचिवमा सागर कार्की, कोषाध्यक्षमा मुक्तिराज रेग्मी, क्षेत्रीय सह-कोषाध्यक्षमा सन्दिप जिसी, खुला सह-कोषाध्यक्षमा रामु कँडेल रयुवा संयोजकमा दिपक बुर्जा मगर रहेका छन् ।