✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन १४ गते तद्अनुसार सन् २०२५ जुलाई ३० तारिख बुधबार श्रावण शुक्ल पक्षको षष्ठी तिथि हस्ता नक्षत्र सिद्ध योग कौलव करण आनन्दादिमा आनन्द योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२६ मा भयो र सूर्यास्त साँझ १८ः५२ बजे हुनेछ । कल्की जयन्ती ।
आजको राशिफल
मेष – सहयोगको आशादेखाउनेले धोका दिन सक्ने सम्भावना रहेपनि भाग्योदयको समय रहेकोले नसोचेको ठाउँबाट लाभ प्राप्त होला । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुखशान्ति मिल्ने देखिन्छ । उद्योग-व्यापारमा फाइदा मिल्नेछ भने प्रतिस्पर्धीहरू पछि पर्नेछन् । प्रशंसकहरू पनि बढ्नेछन् । खेलकूद, भ्रमण एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
वृष – नियमित कार्यमा जाँगर बढेपनि आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो छैन । विभिन्न अवसर आएपनि सोचविचार गरेर मात्र हात हाल्नु उचित होला । ब्यापार-व्यवसायमा घाटा सहनुपर्ने योग छ । स्वास्थ्यका दृष्टिकोणले भने राम्रो समय छ । मिठो भोजन प्राप्त हुनेछ । प्रेमभाव वृद्धि होला । विपरीतलिंगी मित्रको साथ मिल्नेछ ।
मिथुन – कर्मबलका साथै आम्दानी बढ्ने समय छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने देखिन्छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । अप्रत्यासित धन आर्जन हुने योग छ । व्यावसायिक यात्राको सम्भावना छ । यात्रामा सफलता प्राप्त हुनेछ । दाम्पत्य जीवन रमाइलो रहला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनुका साथै कार्यगति बढ्नेछ ।
कर्कट – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्न सकिने समय छ । सहयोगीहरूले राम्रै साथ दिनेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् भने सभा-समारोहमा सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । साथीभाइको सहयोगले सुख बढ्नेछ । तर, बेसुरमा वचन दिने बानीले भने केही कष्ट दिन सक्छ, ध्यान राख्नुहोला ।
सिंह – प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । दिन उत्साहपूर्ण रहला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । मित्रजनबाट सुखद समाचार सुन्न पाइएल । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कन्या – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, तापनि धेरैको भलाइ हुने काम गर्न सकिने दिन छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुने योग छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिएला । प्रयास गर्दा कुनैपनि समस्याको समाधान प्राप्त हुनेछ । आर्थिक कार्यमा बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।
तुला – पारिवारिक सुखशान्ति मिल्ने एवम् नियमित कार्यमा मन जाने समय छ । आजको दिन सोच्दै नसोचेको स्थानबाट लाभ मिल्ला । आरोग्यबल बढ्नेछ भने रसरागका क्रियाकलापमा विशेष ध्यान जाला । रमाइलो यात्रा हुनसक्ने देखिन्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार-व्यवसायबाट विशेष लाभ लिन सकिनेछ । तर, बेसुरमा वचन दिने बानीले आफैलाई सताउन सक्छ, ध्यान राख्नुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु उचित हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – अर्थलाभ र नियमित कर्ममा पनि प्रगतिको सम्भावना छ । आजको परिश्रम खेर नजाला । आश मारेको काम बन्नाले उत्साह जागृत हुनेछ । विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आरोग्यबल बढ्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।
धनु – कार्यसम्पादन गर्ने क्षमता बढेपनि आजको दिन केही अवसर फुत्कन सक्छ, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । अरुको भलाई हुने काम गर्न सकिएला । उद्योग, कलकारखानामा लगानी गर्दा विशेष फाइदा हुने योग छ । रसरागात्मक काममा आकर्षण वृद्धि तथा दामपत्यसुख बढ्ने समय छ । विशेष योजना कार्यन्वयन गर्दै हुनुहुन्छ भने सफलताका लागि गोपनीयतामा विशेष ध्यान दिनुहोला । बोली र व्यवहारबाट धेरैको मन लोभ्याउन सकिने देखिन्छ ।
मकर – दिन चुनौतीपूर्ण रहने देखिन्छ । अरूको फाइदाका लागि उपयोग भइने एवम् आफ्नो लागि परिस्थिति अलि प्रतिकूल रहन सक्छ । सानातिना घरेलु काममा अल्झनुपर्ने सम्भावना छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । काम बिग्रने डरले सताउनेछ । थिचोमिचो गर्नेहरू हाबी हुन सक्छन् । आर्थिक कारोबार गर्दा आजको दिन निकै नै सजगता अपनाउनु हितकर होला । । धैर्यताको मात्रा बढाउन सके समस्याहरु आफै किनारा लाग्नेछन् ।
कुम्भ – चुनौतीहरू सजिलै पार लाग्ने समय छ । बुद्धिविवेकले राम्रो काम गर्नाले तार्किक क्षमता बढ्नेछ । अनायासै ठिक निर्णय हुने देखिन्छ । आर्थिक पक्ष सबल रहला । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । आरोग्यबल बढ्नेछ । अभिभावक वर्गको उचित मार्गनिर्देशन मिल्ने देखिन्छ । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहला । सुखद यात्राको योग छ ।
मीन – मिश्रित फलदायी समय छ । दौडधुप बढ्नेछ । विपरीतलिंगी मित्रबाट साथ-सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । कमाइ राम्रैसँग हुने देखिन्छ । तर, कतिपय अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । विवादको योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । नियमित काममा मन नजान सक्छ । रसरागात्मक क्रियाकलापमा भने आकर्षण बढ्नेछ । प्रियजनसँगको भेटघाटले मन प्रशन्न तुल्याउला ।
प्रतिक्रिया