- विशेष प्रतिनिधि, जापान
जापानका परराष्ट्र मामिलाकी संसदीय उप-विदेशमन्त्री आकिको इकुइनाले जापान-नेपाल दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन जापान तयार रहेको बताउनुभएको छ ।
ओसाका एक्स्पोको हलमा यही जुलाई २८ तारिखका दिन सम्पन्न नेपालको राष्ट्रिय दिवस समारोहमा सम्बोधन गर्दै विदेशमन्त्री आकिकोले जापान-नेपाल दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन तत्पर रहेको बताउनुभएको हो ।
जापानकी संसदीय मामिलाकी उप-विदेशमन्त्री आकिको इकुईनाको प्रमुख उपस्थिति भइ समारोहलाई सम्बोधन गर्नुभएको थियो ।

मन्त्री इकुईनाले आउँदो वर्ष जापान र नेपाल बीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठ सहकार्य गरेर मनाउन समेत आग्रह गर्नुभयो । गत मे १६-१८ सम्पन्न पहिलो अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सगरमाथा संवादमा नेपालले आमन्त्रणा गरी सम्मेलनमा जापानको उपस्थिति गराएकोमा कृतज्ञता व्यक्त गर्नुभयो।
सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तनको प्रभाव बारे विश्वलाई सकारात्मक सन्देश दिएको मन्त्री इकुईनाले सम्झाउनुभयो । जापान र नेपाल एक विश्वसनीय राष्ट्र भएकोले जनता-जनताबीच मित्रता भाव रहेको समेत बताउदै मन्त्री इकुईनाले नेपाल विश्वको सुन्दर राष्ट्र भएको बताउनुभयो ।
प्रतिक्रिया