✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन १५ गते तद्अनुसार सन् २०२५ जुलाई ३१ तारिख बिहीबार श्रावण शुक्ल पक्षको सप्तमी तिथि चित्रा नक्षत्र साध्य योग गर करण आनन्दादिमा चर योग चन्द्रमा कन्या राशिमा ११ः४९ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२७ मा भयो र सूर्यास्त साँझ १८ः५२ बजेमा हुनेछ । गोस्वामी तुलसीदास जयन्ती, खीर खाने दिन ।
आजको राशिफल
मेष – कर्मबल बढ्नेछ, आर्थिक क्षेत्रमा विशेष प्रगति हुने समय छ । परिवारमा खुशीको माहोल छाउला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ, प्रयासलाई जारी राख्नु उचित होला । गरिआएको कामबाट विशेष लाभ प्राप्त हुने तथा धनलाभको योग छ । जागीरमा केही समस्या देखापर्न सक्छ, सजग रहनुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफललता मिल्नेछ ।
वृष – रोकिएको काम मेहनतले अघि बढ्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । प्रेमको प्रसङ्ग सुखद रहने योग छ । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर र उत्साह-उमंग देखापर्नेछ । आफूभन्दा विशिष्ट ब्यक्तिको सल्लाहअनुसार चल्ने प्रयत्न गर्नु उचित हुनेछ । आरोग्यबल बढ्नेछ भने ऋण, रोग र शत्रुलाई जित्ने क्षमता अभिवृद्धि होला । समग्रमा दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ ।
मिथुन – पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ तर सहयोगको आशा देखाउनेले धोका दिनसक्ने सम्भावना रहेकोले आजको दिन विशेष सावधानी अपनाइ कार्य गर्नुहोला । केही विवादमा परिने योग छ । बोली र ब्यवहारमा संयमता राख्नु हितकर होला । फजुल खर्च नियन्त्रणको प्रयत्न गर्नुहोला । स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनु उचित हुनेछ ।
कर्कट – आजको दिन काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने सम्भावना छ । जगिरमा पनि केही समस्या आउन सक्छ, सजग रहनुहोला । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । सन्तान पक्षबाट भने सुख र प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । समस्यामा साथीभाइको सहयोग मिल्नेछ ।
सिंह – नवीन रोजगारीको सम्भावना रहेको दिन छ । बौद्धिक क्षेत्रमा सफलता प्राप्त होला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्नेछ । यात्रागत कार्यमा भने जोगिएर काम गर्नु उचित होला । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ ।
कन्या – चुनौतीयुक्त समय छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । सोचेअनुसार काम बन्न कठिन पर्ने देखिन्छ । अनपेक्षित रूपले खर्च बढ्ने योग छ । कामकै पछि लागे पनि कुन काम गर्ने कुन नगर्ने निर्णय भनी गर्न नसक्दा अलमल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा भने आंशिक सफलता प्राप्त होला । निकटका अफन्तजनको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
तुला – आजको दिन केही चुनौतीयुक्त रहला । स्वास्थ्य कमजोर बन्नुका साथै नियमित कार्यमा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी पनि आजको दिन नगर्नु उचित होला । इच्छाविपरीत बाध्यताका काममा जुट्नुपर्ने योग छ । धेरै बोल्ने बानीले दुःख पाइएला, बोली र व्यवहारमा नियन्त्रण राख्ने प्रयास गर्नुहोला ।
वृश्चिक – आजको दिन रमाइलो तरिकाले कामहरु गर्न पाइएला । नसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ, तर लाभप्राप्तिका लागि चनाखो रहनुपर्नेछ । अधुरो काम सम्पन्न हुने देखिन्छ । धैर्यधारण गरी परिश्रम गर्नेका लागि विशेष सफलताको समय छ । धर्मिक कार्यमा संलग्न हुने अवसर जुर्ला । साझेदारीको काम बन्नेछ । पैतृक सम्पतिबाट लाभ हुनुका साथै सन्तान पक्षबाट पनि सुख मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
धनु – दौडधुप र जोखिम बढेपनि भाग्योदयको समय रहेको छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । प्रशंसकहरू पनि बढ्नेछन् । नसोचेको ठाउँबाट आकस्मिक लाभ प्राप्त हुने योग छ । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुखशान्ति मिल्ने देखिन्छ । खेलकूद, भ्रमण एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
मकर – अधुरा काम बन्ने तथा नयाँ काम पाइने दिन छ । दिन सामान्य नै रहेकोले प्रयत्न गरेको काम छोटै समयमा पूरा हुने देखिन्छ । नोकरीमा ब्यक्तिगत बर्चस्व बढाउन सकिएला । प्रतिस्पर्धाको दौडमा विजयी बन्ने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तजन सहयोगी बन्नेछन् । लेखन-प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
कुम्भ – दीगो फाइदा हुने काम सुरु हुनसक्ने समय छ । नयाँ कामको लागि नयाँ अवसर आउला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सार्थक रहनेछन् । विरोधिले पनि तारिफ गर्ने योग छ । मनमा सद्विचार आउनाले मित्रजनको उत्साहजनक साथ रहला । पराक्रम वृद्धि हुनुका साथै पारिवारिक समस्याको समाधान हुने देखिन्छ । कार्यगति बढ्नुका साथै यात्रागत कार्यमा सफलता मिल्नेछ ।
मीन – रोकिएका कामहरु बन्न थाल्नेछन् भने प्रतिकुलताहरू चिर्दै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने समय छ । कमजोर स्वास्थ्यमा पनि सुधार आउला । नियमित कार्यमा मन जानेछ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । व्यावसायिक काममा केही बाधा देखापर्न सक्छ, तर विवेकको सही प्रयोगले समस्याको समाधान मिल्नेछ । मनमा प्रेमभाव बढ्नेछ । आफन्त एवम् मित्रजनको साथले उत्साह बढ्नेछ भने विपरीतलिंगी मित्रको साथ-सहयोग प्राप्त हुनेछ ।
प्रतिक्रिया