आजको पञ्चाङ्ग एवम् राशिफल (१६ श्रावण २०८२ शुक्रबार, १ अगस्ट २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ श्रावण २०८२ शुक्रबार, १ अगस्ट २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन १६ गते तद्अनुसार सन् २०२५अगस्त १ तारिख शुक्रबार श्रावण शुक्ल अष्टमी तिथि स्वाती नक्षत्र साध्य योग भद्रा करण आनन्दादिमा गद योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२७ मा भयो र सूर्यास्त साँझ १८ः५१ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – नियमित काममा अनुकुलताका साथै दायित्व वृद्धि हुने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । धार्मिक तथा सामाजिक काममा रुचि जागृत हुने देखिन्छ । विशेष सभा-समारोहमा भाग लिने अवसर जुर्नेछ भने मानसम्मान पनि पाइएला । आयआर्जनका नयाँ स्रोतहरू थपिने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ । विपरीतलिंगीको साथ-सहयोग रहनेछ ।

वृष – मिश्रित फलदायी समय छ । इर्ष्यालुजनको सक्रियाता बढ्ने देखिन्छ । आजको दिन नियमित कर्ममा केन्द्रित रही कार्य-व्यवहार गर्नु उचित हुनेछ । परिवारजनमा असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्ने योग रहेकोले सतर्कताको दरकार छ । आफ्नाले नै विश्वासमा पारेर धोका दिने योग रहेकोले विशेष सजगता अपनाउनु उचित हुनेछ । यसका बाबजुद केही खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।

मिथुन – बौद्धिक तथा सिर्जनात्मक काममा विशेष सफलता मिल्ने समय छ । केही उतारचढाव आएपनि व्यापार-व्यवसायमा राम्रै फाइदा हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सजग रहनुहोला । विद्यार्थी वर्गका लागि समय अनुकूल छ । मिठो भोजन प्राप्त हुनेछ । साथीभाइको सहयोग रहला । रसरागमा आकर्षण बढ्नेछ ।

कर्कट – चिताएको काम बन्ने समय छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नुका साथै वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका जुर्ला । परिश्रमको राम्रो मूल्यांकन हुनेछ । दाम्पत्यसुख बढ्नेछ भने सुख-सुविधाको वस्तु बढ्नेछन् । रसरागको भाव पैदा होला । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – धेरै परिश्रमबाट थोरै लाभ मिल्ने दिन छ । खर्च कम गर्न गरिएको प्रयास सार्थक नहुन सक्छ । नियमित खर्च वृद्धि हुने देखिन्छ । आयआर्जनकै सवालमा पति-पत्नीबीच असमझदारी तथा विवाद हुने सम्भावना छ, सजग रहनुहोला । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुने नै छ । रोकिएको काम पुनः अघि बढ्ला । चुनौतीका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । यात्रा सुखद र उपलब्धिमूलक रहनेछ ।

कन्या – नियमित कार्यमा जाँगर चल्नेछ । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइने समय छ । रोकिएका काम सुरु हुनेछन् भने आयआर्जनका स्रोत बढ्नेछन् । नियमित व्यवसायबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तान पक्षबाट सुख मिल्ने योग छ । यात्रागत कार्यमा साथीभाइको साथ-सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला – मिश्रित फलदायी समय छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । खानपानमा विशेष ख्याल राख्नु हितकर हुनेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिनसक्ने योग रहेकोले सतर्क र संयम भइ उद्देश्यप्राप्तिमा लागिपर्नु उचित होला । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदको भाव जागृत होला । यात्रा सुखद रहनेछ ।

वृश्चिक – चुनौतीहरू पन्छाउँदै रोकिएका काम पूरा गर्न सकिने समय छ । कुटुम्बको विशेष सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय विस्तार हुने योग छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने देखिन्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ होला । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहनेछ ।

धनु – आजको दिन बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनाले कठिन कार्य पनि सहजै बन्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्ने समय छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । आरोग्य बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । सुख–सुविधाको वस्तु खरिदमा केही खर्च बढ्न सक्छ । आरोग्यता रहनेछ । यात्रागत कार्यमा आंशिक सफलता मिल्ने देखिन्छ ।

मकर – आजको दिन विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । आर्थिक अभावले केही सताएपनि पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । सभा-समारोहमा सहभागी भइ सम्मान प्राप्त हुने सम्भावना छ । शत्रुमाथि विजय प्राप्त होला ।

कुम्भ – अनुकलता बढ्नुका साथै नियमित कार्यमा जाँगर चल्ने समय छ । स्वास्थ्य सबल रहनेछ भने प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा पनि सुधार हुने देखिन्छ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने योग छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । मित्रजनसँगको जमघटमा मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।

मीन – केही जोखिम बढेपनि आधा-अधुरा काम अघि बढ्ने र विशेष कार्ययोजनाले मूर्तरुप पाउने समय छ । पढाइलेखाइमा प्रगति र धर्मकर्म एवम् समाजसेवामा विशेष लगाव बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । कृषि र पशुपालनबाट विशेष फाइदा मिल्ने देखिन्छ । यात्रा उपलब्धिमूलक हुनुका साथै नियमित कार्यमा उत्साह जागृत होला । सन्तान पक्षबाट सुख मिल्नेछ । प्रेमभाव बढ्नेछ ।