आजको पञ्चाङ्ग एवम् राशिफल (१७ श्रावण २०८२ शनिबार, २ अगस्ट २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ श्रावण २०८२ शनिबार, २ अगस्ट २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन १७ गते तद्अनुसार सन् २०२५ अगस्त २ तारिख शनिबार श्रावण शुक्ल पक्षको अष्टमी तिथि ६ः१ पर नवमी तिथि विशाखा नक्षत्र शुभ योग बालव करण आनन्दादिमा शुभ योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२८ मा भयो र सूर्यास्त साँझ १८ः५० बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन अनुकूलता वृद्धि भइ चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउने देखिन्छ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउला । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने योग छ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । नयाँ कामको प्रस्तावप्रति सचेत रही कर्म गर्नुहोला ।

वृष – नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने सम्भावना छ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहने योग छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्त एवम् नजिकका साथीभाइबाट समेत टाढिनुपर्ने समय छ । रचनात्मक कामले सफलता दिलाउला । आज सक्दो मौनता अपनाइ दिन बिताउने प्रयत्न गर्नु हितकर हुनेछ । धर्मकर्ममा आकर्षण रहनेछ ।

मिथुन – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ, तर आजको दिन बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोटपटकको भय पनि छ, ख्याल राख्नुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । नियमित कार्यमा पनि अरुको भर नपर्नु उचित होला ।

कर्कट – कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने दिन छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । धनलाभको सम्भावना प्रवल छ । कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ भने परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । यात्रागत कार्य सार्थक रहला । परिवारिक सुख वृद्धि हुनेछ । समग्रमा दिन रमाइलैसँग बित्ने देखिन्छ ।

सिंह – नियमित कार्यमा जाँगर बढ्ने एवम् विशेष योजनाहरू बन्ने समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि पाइने देखिन्छ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । आज स्वास्थ्यगत समस्या आइपर्ने सम्भावना रहेकोले खानपानमा चाहिँ विशेष सजगता अपनाउनु हितकर हुनेछ । प्रेमभाव वृद्धिका साथै रसरागात्म क्रियाकलापतर्फ मन आकर्षित रहने देखिन्छ ।

कन्या – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुने देखिन्छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहला । तथापि, असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पनि पर्न सक्छ । आम्दानीको स्रोत बिगार्नेहरू सक्रिय रहलान् । विशेष कर्मबाट सोचेभन्दा कम फाइदा मिल्ने देखिन्छ, धैर्यताका साथ कर्म गर्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

तुला – मिश्रित फलदायी दिन छ । ब्यस्तता केही बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले कामहरु बिग्रन पनि सक्छ । तथापि, सहयोगीहरूले राम्रै साथ दिनेछन् र प्रतिस्पर्धी परास्त हुनेछन् । अवसरको सही उपयोग गर्न नसक्दा महत्वपूर्ण लाभको अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । निकटका मित्रजनको सहयोग मिल्नेछ ।

वृश्चिक – अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि पराक्रम र उत्साह बढ्ने दिन छ । धन आर्जन गर्ने अवसर जुर्न सक्छ, चनाखो रही व्यवहार गर्नुहोला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ भने विदेश भ्रमणका लागि गरेको प्रयत्न फलदायी रहला । आफन्तको साथ–सहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

धनु – धेरै श्रम गरेपनि कामको कम मूल्याङ्कन हुने दिन छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आजको दिन काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । विशेष मेहनतले लाभ दिलाउला । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्तिको योग रहेपनि निकट सहयोगीहरूबाट धोका पाइने सम्भावना रहेकोले सचेत रहनुहोला । शत्रुमाथि विजयको योग छ । प्रतिकुलताका बाबजुद रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – दीगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । लाभ हुने काम प्रारम्भ गर्न सकिएला । तर, विशेष कार्यको योजनामा हुनुहुन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । नियमित कार्यको राम्रै मूल्यांकन हुने देखिन्छ । साझेदारीमा पनि फाइदा हुने योग छ । मित्रजनसँग स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सबल स्वास्थ्यका लागि आजको दिन खानपानमा नियन्त्रण गर्नु उचित हुनेछ । यात्रागत कार्य सफल रहनेछ ।

कुम्भ – कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । स्वास्थ्यस्थितिमा सुधार आउनुका साथै रोकिएका काम बिस्तारै बन्नेछन् । विभिन्न अवसरले पछ्याउने योग छ । बोली र ब्यक्तित्वको प्रभाव पनि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । आत्मविश्वास बढ्नेछ, तर अनावश्यक वादविवादमा परिने सम्भावना रहेकोले मित्रजनसँगको ब्यवहारमा विशेष सजगताको खाँचो छ ।

मीन – परिश्रमले धेरै काम बन्नेछन् आर्थिक रुपले मनग्य कमाउन सकिने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिएला । तथापि, होसियारीसाथ काम लिनुपर्ने देखिन्छ । फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । आफन्त एवम् मित्रजनको साथ-सहयोग रहने देखिन्छ । भोगविलासको भाव जागृत हुने योग छ ।