✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थिनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन १८ गते तद्अनुसार सन् २०२५ अगस्त ३ तारिख आइतबार श्रावण शुक्ल पक्षको नवमी तिथि ८ः०१ पर दशमी तिथि विशाखा नक्षत्र ६ः१२ पर अनुराधा नक्षत्र शुक्ल योग तैतिल करण आनन्दादिमा उत्पात योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२९ मा भयो र सूर्यास्त साँझ १८ः५० मा हुनेछ ।
आजको राशिफल
मेष – कामहरु सजिलैसँग बन्ने र आर्थिक लाभ मिल्ने खालको समय छ । बुद्धिविवेकले राम्रो काम गर्नेछ भने मित्र एवम् आफन्तहरूबाट साथ-समर्थन पनि पाइएला । अनायासै ठिक निर्णय हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा मिल्ने योग छ । कठोर परिश्रमले अधुरा काम सम्पन्न हुनेछन् । पढाइलेखाइमा मन जानेछ । शत्रुपक्ष परास्त हुनेछ । अनावश्यक रूपले समय र धन खर्च हुनसक्ने सम्भावना रहेकोले विशेष सजगताको दरकार छ ।
वृष – सानो प्रयासले पनि ठुलै काम बन्न सक्ने समय छ । भाग्यबल बढ्नाले रोकिएको काम बन्ने तथा आफन्तको साथले उन्नति हुने देखिन्छ । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै सावधानी अपनाउनुपर्ला । घरायसी समस्याले केही सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहनेछ । मित्रजनका साथ रमाइलो यात्रा हुनसक्छ । लेखन प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ । खर्च नियन्त्रणको प्रयास गर्नुहोला ।
मिथुन – आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक लाभ भइ मन हर्षित हुने समय छ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने देखिन्छ । सोचेभन्दा बढी नै लाभ मिल्नसक्ने योग छ । आयबल वृद्धिका लागि मन लगाएर काम गर्नुहोला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य पनि बन्नेछ ।
कर्कट – आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । स्वास्थ्यले पूरै साथ नदिन सक्छ । नसोचेको ठाउँमा धनको नाश हुने सम्भावना छ । यात्राका क्रममा विशेष सावधानी अपनाउनु उचित हुनेछ । प्रतिकुल परिस्थितिका बाबजुद मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विपरीतलिंगी मित्रको साथ मिल्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।
सिंह – प्रतिष्पर्धी परास्त गर्ने क्षमतामा वृद्धि हुने दिन छ । सामर्थ्य वृद्धि हुनुका साथै कठोर मिहिनेतले रोकिएको काम बन्नेछ । व्यावसायिक काममा लाभ उठाउन सकिएला । यात्रागत कार्यबाट धनलाभ हुने देखिन्छ । प्रेममा सुखद मिलन अनुभव हुनेछ । रचनात्मक तथा साहित्यिक कार्यमा मन जाने देखिन्छ । मान-पुरस्कार प्राप्तिको योग छ । आरोग्यबल बढ्नेछ ।
कन्या – आजको दिन चल-अचल सम्पत्तिको विशेष कारोबार हुनसक्छ । सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्ने समय छ । नियमित कार्यमा सहजता आउनेछ । मानप्रतिष्ठा वृद्धि हुनुका साथै घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ भने पारिवारिक आवश्यकता पूर्ति हुने देखिन्छ । वैवाहिक जीवन सुखद रहला । आरोग्यबल एवम् पराक्रम बढ्नेछ ।
तुला – आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो छैन, ध्यान राख्नुहोला । जरुरी काममा पनि जाँगर नचल्ने सुस्त प्रकारको समय छ । आलस्यका कारण कामहरु अधूरै रहन सक्छन् । मान-सम्मानमा पनि आघात पर्ने सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । अनावश्यक ब्यस्तता बढ्न सक्छ । खर्च पनि वृद्धि हुने योग छ । योजना र बजेट बनाएर मात्र खर्च आर्थिक कारोबार गर्नु हितकर हुनेछ । आफन्तको साथ प्राप्त हुने र यात्रागत कार्यमा आंशिक लाभ मिल्ने देखिन्छ ।
वृश्चिक – आजको दिन केही चुनौतीयुक्त रहला । अनावश्यक वादविवादमा पर्ने सम्भावना रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा वादविवाद हुन सक्छ, संयमता अपनाउनु उचित हुनेछ । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । तथापि, नजिकका मित्र एवम् सन्तानपक्षबाट सुख मिल्नेछ । प्रेमभाव बढ्नेछ । आरोग्यता रहला ।
धनु – आजको दिन मन त्यसै-त्यसै फुरुङ्ग रहला । नसोचेको ठाउँबाट धन आउने सम्भावना छ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रका काममा बढी मन जाने देखिन्छ । काममा मित्रजनले सहयोग जुटाउनेछन् । साझेदारी र सट्टापट्टामा पनि विशेष लाभ मिल्ने योग छ । मिठो भोजन प्राप्त होला । रसरागमा आकर्षण रहनेछ । हातहतियार तथा सवारीसाधनको प्रयोग गर्दा विशेष सजगता अपनाउनुहोला ।
मकर – महत्वपूर्ण योजनामा ढिलासुस्ती र आर्थिक हानी हुनसक्ने योग रहेकोले आजको दिन काममा विशेष सावधानी अपनाउनु उचित हुनेछ । नियमित काममा बिघ्नबाधा आइपर्न सक्छन् । भौतिक साधनको पनि क्षति हुने योग छ । तथापि, धर्मकर्मले समस्या समाधानमा भूमिका खेल्ने देखिन्छ । कुनै कामका लागि यात्रा गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नु उचित हुनेछ ।
कुम्भ – आयआर्जनको दृष्टिले दिन राम्रो देखिन्छ । कुनै नयाँ काम शुरु गर्दै हुनुहुन्छ भने परिवारजनको राम्रो सल्लाह तथ साथ मिल्नेछ । व्यापार-व्यवसायबाट राम्रै धनलाभ हुने तथा नउठ्ने पैसा पनि उठ्ने योग छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । साझेदारीको काम बन्नेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नाले शत्रुपक्ष परास्त हुनेछ ।
मीन – ब्यस्तता र जोखिम केही बढेपनि तपाईंले अरुसँग गरेको बाचा पूरा हुने दिन रहेको छ । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्नसक्छ । इमानका साथ मिहेनत गरेपनि सोचेअनुसार फाइदा नहुने देखिन्छ । टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । बाँकी विषयमा सुखले साथ दिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्या समाधानको दिशामा जानेछ । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला ।
प्रतिक्रिया