यौनभीडीयो रोक्ने क्रममा हिन्दू गुरुलाई ब्ल्याकमेल

यौनभीडीयो रोक्ने क्रममा हिन्दू गुरुलाई ब्ल्याकमेल


लण्डन । गुप्तचरहरुको छानविनबाट प्राप्त खबरअनुसार एकजना आदरणीय हिन्दू गुरुले एकजना लोकप्रिय भारतीय फिल्मी नायिकासँग गरिएको यौनक्रिडाको भीडीयो फिल्म सार्वजनिक गर्न खोजेका ब्ल्याकमेलरलाई भीडीयो प्रसारण गर्नुबाट रोक्नका लागि चौदहलाख पाउण्ड रकम दिएको कुरा हिजो प्रकाशमा आएको छ । भारतको कर्नाटका राज्यको बंगलोर मेट्रोपोलिटन सिटीनजिकै रहेको आश्रममा स्वामी नित्यानन्द र तमील फिल्मकी नायिका रन्जिथाको यौन भीडीयो प्रकरणको समाचारबाट अनुयायीहरु क्रोधित भएर आश्रम तोडफोड गरेका थिए ।
३२ वर्षीय नित्यानन्दले “जीवनको आनन्द” नामक कार्यक्रम योग र ध्यानको माध्यमबाट अन्तर्रष्ट्रिय अनुयायीहरुको समूह लसएन्जेल्स, न्यूयोर्क, टोरन्टो, गाडेलूप र सिंगापुरलगायत विश्वभरि निमार्ण्र् गरेका छन् । कार्यक्रमको प्रक्रियाअन्तर्गत अनुयायीहरुले मृत्युको अनुभवलाई चिर्दै फेरि नयाँ जीवनको रुपमा पुनर्जन्मतिर रुपान्तर गर्ने बताउँछन् । भारतलगायत संसारभरि उनको आकर्ष जिउडाल, जवानी र चमत्कारिक शैलीले गर्दा संगठनलाई अपार सम्पति जोड्नुको साथै विभिन्न टीभी च्यानलहरुमा उनलाई प्रसारण गर्नुले सेलेब्रेटीहरुसरह ख्याती कमाएका छन् । तर, उनको बारेमा ढोंगी र अशुद्ध रहेको तथ्य सन टीभीको च्यानलमार्फत उनको यौन भीडीयो प्रकरणबारे प्रसारण गरेपश्चात् उनका समर्थक तथा अनुयायीहरुले धोका दिएका रहेछन् भनेर महशुस गरेका छन् । मिड्डेले प्रकाश पारेअनुसार नित्यानन्दलाई एकजना पत्रकारले उनको र फिल्म नायिकाको यौन भीडीयो आफूसँग रहेको र यदि उनले ३५ लाख पाउण्ड नदिएमा यौन भीडीयो मिडियामार्फत प्रसारण गरिदिने धम्की दिएको कुरा उनले बताएका थिए । त्यसपछि त्यस व्यक्तिसँग नित्यानन्दले रकम घटाउने कुराकानी गरेर १४ लाख पाउण्डमा झारेपछि सो रकम आफ्नो एकजना अनुयायीमार्फत तिरेका थिए भन्ने कुरा स्वीकारेका छन् भनेर गुप्तचर विभागले प्रकाश पारेको छ । श्रोत – टेलिग्राफ, सुमल, मेस ।