आजको पञ्चाङ्ग एवम् राशिफल (१९ श्रावण २०८२ सोमबार, ४ अगस्ट २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ श्रावण २०८२ सोमबार, ४ अगस्ट २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ ने.सं. ११४५ सिद्धार्थीनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८२ साउन १९ गते तद्अनुसार सन् २०२५ अगस्त ४ तारिख सोमबार श्रावण शुक्ल पक्षको दशमी तिथि ९ः५५ पर एकादशी तिथि अनुराधा ८ः४३ पर ज्येष्ठा नक्षत्र ब्रह्मा योग वणि करण आनन्दादिमा मानस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२९ मा भयो र सूर्यास्त साँझ १८ः४९ बजे हुनेछ ।

आजको राशिफल

मेष – नयाँ कामको प्रस्ताव आउनेछ भने समस्यामा सहयोगीहरू भेटिने समय छ । धन आर्जनको योग छ । अध्ययन–अध्यापनमा प्रगति होला । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । बौद्धिक र रचनात्मक काम सार्थक रहनेछन् । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह वृद्धि होला । समष्टिमा आजको दिन सुखदरूपले नै बित्ने देखिन्छ ।

वृष – हिम्मतले काम बनाउन सकिने समय छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । जोखिम वृद्धि र केही खर्च लागेपनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रजनको साथ-सहयोगले उत्साह जगाउला । रसरागमा आकर्षण बढ्नेछ । बोली र ब्यक्तित्वको प्रभाव वृद्धि हुनाले कठिन कार्य पनि सहजै पार लाग्ने देखिन्छ ।

मिथुन – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान-सम्मान दिलाउनेछ । विशेष लाभदायी काम प्रारम्भ हुने देखिन्छ । साझेदारीमा फाइदा र आयआर्जनका स्रोतसमेत बढ्ने देखिन्छ । प्रेम र मित्रताको गाँठो कसिने योग छ । आजको दिन यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।

कर्कट – प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । आजको दिन आत्मबल जागृत गरी प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

सिंह – आजको दिन घरायसी समस्याले केही सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहनेछ । व्यवसायमूलक काममा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् भने काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । अनुभवी तथा वरिष्ठ ब्यक्तित्वको सहयोग जुट्नेछ । आरोग्यबल वृद्धि हुनेछ । साहसिक काममा आकर्षण बढ्ने देखिन्छ ।

कन्या – सानो प्रयासले पनि ठुलै काम बन्न सक्ने समय छ । भाग्यबल बढ्नाले रोकिएको काम बन्ने तथा आफन्तको साथले उन्नति हुने देखिन्छ । मनको डर उत्साहमा रूपान्तरित होला । धर्मकर्म तथा परोपकारसम्बन्धी कार्यमा आकर्षण बढ्नेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग छ । परिवारजनसँग आत्मीयता बढ्ला । शत्रुपक्ष परास्त हुनेछ ।

तुला – अनावश्यक दौडधुपमा आजको समय बित्न सक्छ, समयको बर्बादीबाट जोगिन विशेष सोचसमझका साथ कार्य गर्नु उचित होला । आर्थिक कारोबारमा पनि विशेष सजगता अपनाउनुहोला । फाइदाका लागि योजनाहरू गोप्य राख्नु आवश्यक देखिन्छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । दाम्पत्य सम्बन्धलाई मजबुत तुल्याउन व्यवहारमा लचकता अपनाउनुपर्ने देखिन्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्ने योग छ ।

वृश्चिक – उत्साहजनक समाचारले मन प्रशन्न तुल्याउनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने सन्तानपक्षका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन होला । विभिन्न भौतिक साधनहरू जुट्नाले प्रसन्नता बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । मित्रहरूका बीच प्रभाव बढ्ने योग छ ।

धनु – विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । तर आजको दिन चुनौती पनि वृद्धि होला । आर्जित धन खर्च हुन सक्छ । महत्वपूर्ण कार्यमा आफ्नै प्रयासले लाभ मिल्न सक्छ । व्यापारमा फाइदा हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मकर – मिश्रित फलदायी समय छ । पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति होला । तथापि, आजको दिन प्रतिस्पर्धीहरूबाट सजग रहनुपर्ने देखिन्छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभावसमेत देखापर्ने सम्भावना छ । फजुल खर्चबाट जोगिने प्रयास गर्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा पनि ध्यान दिनु उचित हुनेछ ।

कुम्भ – आजको दिन अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अन्ततः जित तपाईंकै हुनेछ । बोलीको भरमा काम सम्पादन हुने देखिन्छ । बोली र व्यक्तित्वको प्रभावले प्रशंसकहरू बढ्नेछन् । स्वास्थ्य सबल रहला । व्यस्तता केही बढेपनि रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

मीन – भाग्योदयको समय छ । कामबाट सजिलै फुर्सद पाइनुका साथै प्रशन्नता मिल्ने दिन छ । माया गर्ने आफन्तसँग भेटघाट हुने योग छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने सम्भावना छ । धन आर्जनको अवसर जुर्ला । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । विपरीतलिंगी मित्रको साथ-सहयोग रहनेछ ।