✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन २० गते तद्अनुसार सन् २०२५ अगस्त ५ तारिख मंगलबार श्रावण शुक्ल पक्षको एकादशी तिथि ज्येष्ठा नक्षत्र १०ः५७ पर मूल नक्षत्र ऐन्द्र योग बव करण आनन्दादिमा मुद्गर योग चन्द्रमा १०ः५७ बजेसम्म वृश्चिक राशिमा त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३० मा भयो र सूर्यास्त साँझ १८ः४८ मा हुनेछ । पुत्रदा एकादशी व्रत ।
आजको राशिफल
मेष – बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न चाहे सफलता मिल्ने समय छ । धेरै श्रमका बाबजुद कममात्र प्रतिफल पाइने देखिन्छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता पनि चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । चुनौतीका बाबजुद विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । मित्रजनको साथ-सहयोगबाट आर्थिक उन्नतिको बाटो खुल्ने सम्भावना प्रबल छ ।
वृष – बोलीको भरमा काम सम्पादन हुने दिन छ । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । स्वास्थ्य सबल रहला । काममा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ नै मिल्नेछ । मान-सम्मान बढ्नेछ । व्यापारिक कर्ममा भने आज कमैमात्र फाइदा हुने योग छ । आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुने योग छ ।
मिथुन – आजको दिन बुद्धिविवेकले राम्रो काम गर्नेछ भने मित्र एवम् आफन्तहरूबाट साथ-समर्थन पनि पाइएला । अनायासै ठिक निर्णय हुने र कामहरु सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा मिल्ने देखिन्छ । कठोर परिश्रमले अधुरा काम सम्पन्न हुनेछन् । पढाइलेखाइमा मन जानेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट – केही बाध्यताको काममा जुट्नुपरे पनि दिन उत्साहजनक नै रहनेछ । राम्रै आम्दानी हुने प्रकारको व्यावसायिक यात्रा हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइने र प्रेमको बन्धन कसिने योग छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने देखिन्छ । प्रतिस्पर्धी परास्त होलान् । कृषिकर्म र व्यावसायिक काममाचाहिँ केही चुनौतीको सामना गर्नुपर्नेछ, ध्यान राख्नुहोला ।
सिंह – आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक लाभ भइ मन हर्षित हुने समय छ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । आर्थिक उपार्जनमा सुधार आउला । मंगलमय कृत्य आदि सम्पादन हुने योग छ । भाग्योन्नतिको समय हुनाले सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । विपरीतलिंगीको साथ मिल्नेछ । धन आर्जन हुने देखिन्छ ।
कन्या – प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा प्राप्तिले दिन उत्साहपूर्ण रहला । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । सुखद समाचार सुन्न पाइएला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – शुभदायी दिन छ । मित्रजन तथा सहयोगीहरूले काममा साथ दिने र प्रशंसकहरू बढ्ने समय हुनाले राम्रै फाइदाको योग छ । विगतको श्रमबाट पनि राम्रै धनलाभ होला । यात्रामा पनि लाभ मिल्ने देखिन्छ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । स्वास्थ्य सबल रहला । नयाँ काममा हात हाल्न सकिने देखिन्छ ।
वृश्चिक – ब्यस्तता र जोखिम केही बढेपनि तपाईंले अरुसँग गरेको बाचा पूरा हुने दिन रहेको छ । सामाजिक कामको दायित्व बढ्नेछ भने परिवारजनको भरण-पोषणमा खर्च वृद्धि हुने देखिन्छ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । उत्साहमा कमी आउला । कर्मफल र अधिकारका लागि ज्यादा नै प्रतिस्पर्धा गर्नुपर्ने योग छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला । संयमता र विवेकको बलबाट समस्याबाट उम्कन सकिनेछ ।
धनु – आजको दिन केही कठिनाइयुक्त रहने देखिन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने योग छ । पढाइलेखाइमा पनि राम्रै प्रगति हुने देखिन्छ ।
मकर – समय केही चुनौतीयुक्त छ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनसक्छ, इष्टदेवको पूजा तथा उपासना गर्नाले लाभ मिल्ला । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।
कुम्भ – नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने पठनपाठनमा प्रगति होला । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । आर्थिक अभावले भने अलिक सताउने देखिन्छ । तर, मित्रजनका साथ रमाइलो यात्रा हुनसक्छ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ ।
मीन – पारिवारिक जमघटमा मन रमाउने समय भएपनि विगतका समस्या बल्झिन सक्छन् । आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । ब्यर्थको भ्रमणमा समय बित्न सक्छ, ध्यान राख्नुहोला । सबल स्वास्थ्यका लागि विशेष प्रयत्न गर्नु उचित हुनेछ । मित्रजनबाट उपहार प्राप्त हुने योग छ । धार्मिक यात्राको सम्भावना छ ।
प्रतिक्रिया