आजको पञ्चाङ्ग एवम् राशिफल (२१ श्रावण २०८२ बुधबार, ६ अगस्ट २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ श्रावण २०८२ बुधबार, ६ अगस्ट २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन २१ गते तद्अनुसार सन् २०२५ अगस्त ६ तारीख बुधबार श्रावण शुक्ल पक्षको द्वादशी तिथि १२ः४४ पर त्रयोदशी तिथि मूल नक्षत्र वैधृति योग कौलव करण आनन्दादिमा ध्वज योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३०मा भयो र सूर्यास्त साँझ १८ः४८ मा हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिने समय छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । विशिष्ट जनसँग मित्रता बढ्ने देखिन्छ । बुद्धिको उपयोगले काम लिने योग छ । स्थायी सम्पत्ति जोड्ने प्रयास सार्थक हुन सक्छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । मित्रजनको साथ रहनेछ ।

वृष – स्थायी सम्पत्ति आर्जन गर्ने एवम् सामाजिक प्रतिष्ठा वृद्धि हुने दिन छ । केही खर्च लागे पनि कामको प्रयत्न सफल होला । स्वास्थ्यमा भने सामान्य कमजोरी देखापर्न सक्छ, सावधानी अपनाउनुहोला । साझेदारीको काममा समस्या आउन सक्छ, सचेत रहनुहोला । यात्रापरक काम सार्थक बन्नेछ ।

मिथुन – नियमित कार्यमा जाँगर चल्ने दिन छ । रोकिएको काम बन्नाले उत्साह जागृत होला । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ ।

कर्कट – समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । भाग्य बलवान् रहला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने योग छ । कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । विपरीतलिंगी मित्रको साथ रहनेछ ।

सिंह – कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिने समय छ । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । प्रशंसकहरू बढ्नेछन् भने आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्ला । पढाइलेखाइमा भने आवश्यकताअनुसार जाँगर नचल्ला । पारिवारिक समस्याहरू देखापर्न सक्छन्, तर इष्टमित्रको साथ मिल्नेछ ।

कन्या – रचनात्मक काम गरेर पुरानो अवस्थामा केही सुधार ल्याउन सकिने समय छ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनु आवश्यक छ । विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन्, सजग रही व्यवहार गर्नुहोला । एक्लोपनाको अनुभूति हुने सम्भावना छ । प्रियजनसँग भेटघाटले प्रशन्नता मिल्नेछ ।

तुला – मिश्रित फलदायी समय छ । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्नसक्छ । तथापि, कर्मयोग अभिवृद्धि हुनेछ । सामान्य अस्वस्थताका बीच कामको बोझ बढ्ने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, ध्यान राख्नुहोला । पैत्रिक सम्पत्तिमा विवाद आउनसक्छ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइने योग छ । कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ ।

वृश्चिक – बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । आँटेका काम बन्नाले जोश-जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । आजको दिन सोखपूर्तिमा खर्च केही भने बढ्ने सम्भावना छ । ठूलो लगानीबाट कममात्र फाइदा हुने योग रहेकोले नयाँ लगानीको कार्य थाती राख्नु उचित होला । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ ।

धनु – व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदा नै हुने समय छ । तर, धेरै परिश्रमबाट थोरै लाभ मिल्ने देखिन्छ । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउला । सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । नजिकका प्रियजनको सहयोग रहनेछ । पढाइमलेखाइमा अनुकूल बेला छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना पनि देखिन्छ । विश्वासमा पारेर धोका दिनेहरूप्रति विशेष सजग रहनुपर्नेछ ।

मकर – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । तापनि, सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका जुर्न सक्छ । नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ । समाजसेवा र परोपकारका कार्य गरिएला । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै सावधानी अपनाउनुपर्ला ।

कुम्भ – आयआर्जनको दृष्टिले दिन राम्रो देखिन्छ । कुनै नयाँ काम शुरु गर्दै हुनुहुन्छ भने परिवारजनको राम्रो सल्लाह तथ साथ मिल्नेछ । व्यापार-व्यवसायबाट राम्रै धनलाभ हुने तथा नउठ्ने पैसा पनि उठ्ने योग छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । साझेदारीको काम बन्नेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नाले शत्रुपक्ष परास्त हुनेछ ।

मीन – इमानका साथ मिहेनत गरेपनि सोचेअनुसार फाइदा नहुने देखिन्छ । टाढिएका आफन्तको यादले पिरोल्न सक्छ । बाँकी विषयमा सुखले साथ दिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्या समाधानको दिशामा जानेछ । यात्रापरक काम बन्नाले उत्साह वृद्धि होला । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ ।