✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन २५ गते तद्अनुसार सन् २०२५ अगस्त १० तारीख आइतबार भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि धनिष्ठा नक्षत्र शोभन योग तैतिल करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३२ मा भयो र सूर्यास्त साँझ १८ः४४ मा हुनेछ । आज गाईजात्रा पर्व ।
आजको राशिफल
मेष – दिनको शुरुवात प्रतिकुल जस्तो अनुभूति भएपनि आजको दिन राम्रै धनार्जनको योग छ । पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । गरिएका कर्मको उचित प्रतिफल पाइने समय भएपनि पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।
वृष – लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिएला । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । साझेदारीको काम बन्नेछ । सुख-सुविधाको वस्तुका साथै रसरागात्मक क्रियाकलापमा बढ्ने देखिन्छ ।
मिथुन – मिश्रित फलदायी साय छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुन सक्छ । कमजोर मानसिकताले पछि परिने सम्भावना छ, हिम्मत गरेर पुरुषार्थी काम सम्पादनको प्रयत्न गर्नुहोला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रयत्न गर्दा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । समस्यामा नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कर्कट – आजको दिन नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्नु हितकर सावित हुनेछ । अनावश्यक भेटघाटमा अलमलिँदा महत्वपूर्ण काम पछि पर्नसक्छ, ध्यान दिनुहोला । प्रेमभाव बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
सिंह – व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने समय छ । रोकिएका काम बिस्तारै बन्नेछन् । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, सजग रहनुहोला । प्रतिस्पर्धामा विजयी भइनेछ । स्वादिष्ट भोजनमा मन रमाउला । सामर्थ्य वृद्धि हुनाले रोकिएको काम अघि बढ्ने योग छ ।
कन्या – चुनौती चिर्दै काम सम्पादन गर्न सकिने दिन छ । इष्र्यालुजनहरू काममा अवरोध गर्न अग्रसर हुनसक्ने सम्भावना रहेकोले आफ्ना योजना गोप्य राखेर अघि बढ्ने प्रयास गर्नुहोला । खर्चको मात्रा केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने योग छ । आरोग्यबल बढ्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा मन जानेछ ।
तुला – आजको दिन केही चुनौतीयुक्त रहला । अनावश्यक वादविवादमा पर्ने सम्भावना रहेकोले विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिएला । शत्रुहरू किनारा लाग्नेछन् भने रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिएला । सहयोगीहरूले राम्रो साथ दिनाले अनुकुलताको अनुभूति हुनेछ । कार्यगति बढेर समस्याको समाधान दिलाउनेछ । आफन्तजन सहयोगी बनेर देखापर्नेछन् ।
वृश्चिक – बिनाप्रतिस्पर्धा आर्थिक फाइदा मिल्ने समय छ । कामको सिलसिलामा नयाँ ज्ञान सिक्ने मौका जुर्ला । आम्दानी बढ्नुका साथै नयाँ सवारी साधन प्राप्तिको योग छ । तथापि, अरूको भरपर्दा काम रोकिने र हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
धनु – सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्ने समय छ । सोख पूर्तिका लागि खर्च केही बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने योग छ । आलस्यपनले अवसर गुम्न सक्छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । नयाँ काममा फड्को मार्न सकिएला । समग्रमा दिन मनोरञ्जनपूर्ण रहनेछ ।
मकर – केही चुनौतीको सामना गर्नुपरे पनि व्यापार-व्यवसायमा लाभ हुने समय छ ।लेखन प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ । व्यवसाय विस्तारका लागि यात्रा हुन सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धाको योग छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुनसक्छ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । सुखद यात्राको सम्भावना छ । खर्च बढ्न सक्छ, नियन्त्रणको प्रयास गर्नुहोला ।
कुम्भ – पारिवारिक समस्याको समाधान मिल्ने समय छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्, समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनाले समयको सदुपयोग हुनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । यात्रागत कार्यमा सफलता मिल्ला । आजको दिन आर्थिक कारोबार भने सकभर नगर्नु हितकर होला ।
मीन – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि लगनशीलताले राम्रै उपलब्धि दिलाउन सक्छ । ढिलै भएपनि चाहेको काम सम्पादन हुनेछन् । विशेष योजनामा परिवारजनको सहयोग लिनु हितकर हुनेछ । आश मारेको कामले सार्थकता पाउन सक्छ, प्रयत्न गर्नुहोला । रचनात्मक काममा मन जानेछ । परिवारिकसुख बढ्नेछ । आनन्द वृद्धि गराउने कोटीको शुभ समाचार प्राप्त हुने योग छ ।
प्रतिक्रिया