आजको पञ्चाङ्ग एवम् राशिफल (२८ श्रावण २०८२ बुधबार, १३ अगस्ट २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ श्रावण २०८२ बुधबार, १३ अगस्ट २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ साउन २८ गते तद्अनुसार सन् २०२५ अगस्त १३ तारिक बुधबार भाद्र कृष्णपक्षको चतुर्थी ८ः२ पर पञ्चमी तिथि उत्तराभाद्रपद नक्षत्र धृति योग कौलव करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ मा भयो र सूर्यास्त साँझ १८ः४२ बजे हुनेछ ।

आजको राशिफल

मेष – कर्मबल बढ्नेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखा पर्नसक्छ, ध्यान राख्नुहोला । व्यावसायिक यात्राको सम्भावनाका साथै धन आर्जन हुने समय छ । शत्रुमाथि विजय प्राप्ति र रसरागमा आकर्षण बढ्ने देखिन्छ । दाम्पत्य जीवन रमाइलो रहला ।

वृष – व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ, तर नजिकका साथीभाइ टाढिन सक्छन् । आजको दिन महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । साझेदारीको काममा भने समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ, सजग रहनुहोला ।

मिथुन – विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । आश मारेको काम बन्ने लक्षणले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । दाम्पत्यसुख बढ्नेछ । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ ।

कर्कट – निकट सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कार्यसम्पादन गर्ने क्षमता बढेपनि केही अवसर फुत्कन सक्ने योग हुनाले सचेत रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनु उचित हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर जुर्ने देखिन्छ । स्वास्थ्य सबल रहनेछ । महत्वाकांक्षी योजना फलीभूत होलान् । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन इष्र्यालुजनले बाधा दिन खोजेपनि आर्थिक लगानी बढाउन अनुकूल समय छ । शुभचिन्तकहरूले साथ दिनेछन् । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन पनि कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने सम्भावना छ, सावधान रहनुहोला । गल्तीबिनै आरोप लाग्नसक्ने योग छ । रचनात्मक कार्यमा अलिक पछि परिने सम्भावना छ ।

कन्या – भाग्यबल वृद्धि भइ रोकिएका काम बन्ने तथा नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । शत्रुपक्ष परास्त हुनेछ ।

तुला – मिश्रित फलदायी समय छ । ठगीमा परिने सम्भावना रहेकोले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहला । थिचोमिचो गर्नेहरूले सताउने प्रयत्न गर्नेछन्, सजग रहनुहोला । विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ ।

वृश्चिक – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, ध्यान राख्नुहोला । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा भने केही असमझदारी बढ्न सक्छ ।

धनु – चुनौतीहरू स्वतः हट्ने र कर्मयोगका साथै आम्दानीले पछ्याउने समय छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आजको दिन तपाईंलाई मित्रहरूले साथ दिनेछन् । मान–सम्मान प्रतिष्ठा पाइनेछ । दौडधुप केही बढेपनि भाग्यले नसोचेको फाइदा दिलाउन सक्ने योग छ । यात्रागत कार्यमा पनि सफलता प्राप्त हुनेछ ।

मकर – दिन उत्साहपूर्ण रहला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ भने उद्योग र व्यापारबाट विशेष फाइदा मिल्नेछ । फलदायी यात्राको योग रहेपनि परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्ने देखिन्छ, ध्यान राख्नुहोला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । विपरीतलिंगीको सहयोगबाट रचनात्मक काम सुरु गर्न सकिनेछ । सुखद समाचार सुन्न पाइएला । स्वास्थ्य सबल रहनेछ ।

कुम्भ – समय फुर्सदिलो रहला । आजको दिन प्रयत्न गरेको काम छोटै समयमा पूरा हुने देखिन्छ । रसरागको भाव वृद्धि होला । आत्मबल बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्ने योग भएकोले आर्थिक व्यवहारमा सजगता अपनाउनुहोला ।

मीन – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । तथापि, सामाजिक कार्यमा सक्रियता दर्शाएर धेरैको भलाइ हुने काम गर्न सकिनेछ । सामान्य खर्च वृद्धि भएपनि पशुधन र जमिनबाट लाभ उठाउन सकिने देखिन्छ । परिवारमा आमाको माध्यमबाट काम बन्ने योग छ । काममा रोकावट गर्न खोज्नेहरू सक्रिय रहनसक्छन्, होसियार रहनुहोला । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिने सम्भावना छ । नियमित कार्य सामान्य रहला ।