✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८२ श्रावण २९ गते तद्अनुसार सन् २०२५ अगस्त १४ तारिख बिहीबार भाद्र कृष्ण पक्षको पञ्चमी तिथि ५ः५३ पर षष्ठी तिथि रेवती नक्षत्र शूल योग गर करण आनन्दादिमा मित्र योग चन्द्रमा मीन राशिमा ११ः३० पर मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ मा भयो र सूर्यास्त साँझ १८ः४१ मा हुनेछ ।
आजको राशिफल
मेष – नियमित कार्यमा मन लाग्नुका साथै सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउला । मानसम्मान पनि पाइने देखिन्छ । विशेष कार्य गर्दै हुनुहुन्छ भने परिवारजनको सहयोग लिने प्रयास गर्नु उचित होला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु बेस हुनेछ । स्वास्थ्यगत रूपले आज केही कमजोर भएको अनुभूति हुनसक्छ । यसका बाबजुद बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
वृष – हिम्मतले काम बनाउन सकिने समय छ । कामबाट फुर्सदिलो भएको अनुभूति होला । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने देखिन्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । कृषि तथा पशुपालन कार्यमा खर्च बढ्ने देखिन्छ । आरोग्यता रहनुका साथै रसरागमा आकर्षण बढ्नेछ ।
मिथुन – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सेवामूलक कामबाट धनलाभ हुने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । पढाइलेखाइमा भने सामान्यमात्र प्रगति होला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ भने गीतसंगीत तथा रसरागात्मक काममा आकर्षण रहला ।
कर्कट – नियमित कार्यमा जाँगर बढेपनि आजको परिस्थिति अलिक संघर्षमय रहला । अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । जिद्दी गर्ने बानीले समस्या निम्त्याउन सक्छ । कसैसँग सामान्य मनमुटाव पनि पर्नसक्ने सम्भावना छ । अप्ठ्यारा कामको बोझ थपिन सक्ने योग छ । पढाइलेखाइमा भने प्रगति होला । उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । यात्रापरक काम बन्नेछ भने पारिवारिक समस्याको समाधान मिल्नेछ ।
सिंह – लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ, सचेत रहनुहोला । पारिवारिक असमझदारी बढ्ने योग छ । आरोग्यता रहनेछ । सुख–सुविधाको बस्तुमा धन खर्च हुनसक्छ ।
कन्या – नयाँ कामको प्रस्ताव आउने तथा समस्यामा सहयोगीहरू भेटिने समय छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने देखिनछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्नेछ इर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । रसरागको भाव वृद्धि हुनेछ । आरोग्य बढ्नेछ, रसरागमा आकर्षण रहला ।
तुला – आम्दानी वृद्धिका काम सुरु गर्न सकिने समय छ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुने देखिन्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले चाहिँ काममा धोका हुन सक्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ । तर, अस्वस्थताले काममा ढिलासुस्ती हुने तथा अप्रिय समाचारले निराश तुल्याउन सक्ने योग छ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा लगाव बढ्ला ।
वृश्चिक – पराक्रम वृद्धि हुनुका साथै तपाईंको प्रतिभाको कदर हुने समय छ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिएला । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ने देखिन्छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिएला । सामाजिक कार्यले सम्मानित स्थान दिलाउला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । सुख-विलास पनि बढ्ने योग छ ।
धनु – आजको दिन भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । तथापि, अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ, ध्यान राख्नुहोला । मान्यजनसँग असमझदारी बढ्ने योग छ । यात्रागत कार्यमा आंशिक सफलता प्राप्त हुनेछ ।
मकर – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । नचिताएको ठाउँमा धननाश हुने सम्भावना छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनसक्छ, धैर्य राख्नुहोला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । कर्मबलमा भने कमी आउनेछैन ।
कुम्भ – काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपरे पनि नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुनसक्छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको सामना गर्नपर्ला, ध्यान राख्नुहोला । अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । शुभता तथा भाग्य वृद्धि हुने देखिन्छ । धन सम्पदामा बढोत्तरी हुने योग छ ।
मीन – मान र विद्या प्राप्त हुने समय छ । अध्ययन-अध्यापनमा प्रगति होला । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । विशेष उपहार प्राप्त हुनुका साथै राम्रै धनलाभ हुने देखिन्छ । व्यापार-व्यवसायमा लाभ हुनेछ भने व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । रसरागको कार्यक्रममा आकर्षण रहला । पारिवारिक सुखशान्ति बढ्नेछ ।
प्रतिक्रिया